संघीयता घाँडो भएको कुरा सबैले महसुस गरेका छन् : चित्रहादुर केसी

नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १४:५:२५

२५ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले राष्ट्रका लाष्गि संघीयता ‘घाँडो’ भएको विषय सबैलाई महसुस हुन थालेको बताएका छन् ।
उनले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद केसीले राष्ट्रिय जनमोर्चाले संविधान जारी गर्दैगर्दा संघीयता मुलुकले धान्न सक्दैन भनेको कुरा अहिले पुष्टि हुँदै गएको बताए ।
संघीयता अब मुलुकले धान्ने नसक्ने बताउँदै उनले संघीयताकै कारण सरकारको खर्च बढेर अर्थतन्त्र संकटमा परेको बताए । संघीयताले खर्च मात्र नभइै भ्रष्टाचार समेत बढाएको भन्दै संघीयता थेग्न मुश्किल भइसकेको बताए ।
संघीयतामा गएर गल्ती गरेको महसुस सबै दल र तिनका नेताहरुले गर्न थालेको देखेर आफूलाई जनमोर्चाले उठाएको मुद्दा सही भएकोमा सन्तोष लागेको बताए । संसदमा सहभागी दलहरुमध्ये जनमोर्चा, राप्रपा खरो रुपमा संघीयताको विरोधमा उभिएका छन् ।
केसीले सरकारले बाँझो खेतबारी संचालनबारे आगामी बजेटमा ठोस व्यवस्था गर्नुपर्ने बताए । मल कारखाना संचालन गर्न यसै बजेटमा आवश्यक रकम विनियोजन गर्न माग गरे । भ्रष्टाचारीलाई कारवाही गर्ने विषयमा जनमोर्चा स्पष्ट रहेको र नेपालीलाई भूटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दामा लाग्ने सबैलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
उनले नक्कली भूटानी शरणार्थी प्रकरणमाथि भइरहेको अनुसन्धानबारे भने, ‘नेपालीलाई भुटानी शरणाथीृ बनाउने घटनाका दोषीमाथिको अनुसन्धान दूधको दूध पानीको पानी होस् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
व्यास नगरपालिकामा सांस्कृतिक महोत्सव सुरु
फागुन ७, २०८१ बुधबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार