प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १४:१४:१०
२५ वैशाख, काठमाडौं । बजेट अधिवेशन अन्तर्गत सोमबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सदनमा छलफलका लागि पेस गरेका आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सोमबार सांसदहरुले धारणा राख्ने क्रम चलेको छ ।
छलफलका क्रममा विपक्षी दलका सांसदहरुले छलफलमा प्रस्तावका प्रस्तावक अर्थात अर्थमन्त्री महत अनुपस्थित रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएपछि महत अनुपस्थित नभइन्जेलसम्मका लागि भन्दै सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।
अर्थमन्त्र राष्ट्रिय सभाको बैठकमा सभागी भइरहेकाले प्रतिनिधिसभा बैठकमा आउन समय लाग्ने जानकारी सभामुख घिमिरेले सदनलाई दिए । महतको अनुपस्थितिले संसद नियमावलीको उल्लंघन गरेको भन्दै एमाले, रास्वपाका सांसदहरुले विरोध जनाएका थिए ।
बैठक संचालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले उठेका सदस्यहरूलाइ बस्न अनुराेध गरिरहे पनि नियमावलीले महतकाे उपस्थिति अनिवार्य गरेकाे भन्दै बस्न मानेनन् । त्यसपछि ‘उहाँ आउनुहुन्छ, एकछिन ब्रेक गराैं न त‘ भनिनन् । तर एमालेका सांसद रघुजी पन्तले ‘संसदमा ब्रेक भन्ने हुँदैन, स्थगित भन्ने हुन्छ’ भनेपछि उपसभामुख अक्मकिइन् । अनि उनले सभामुखज्यू आउनुहुन्छ भन्दै बैठकबाट निस्कने संकेत दिइन् । नभन्दै सभामुख देवराज घिमिरे आए । उनी हिँडिन् । घिमिरेले नै बैठक स्थगित भएकाे घाेषणा गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार