सांसद अमरेशविरुद्ध अख्तियारमा अकुत सम्पत्तिको उजुरी
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १४:१५:११
२५ बैशाख, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा उजुरी दर्ता गरिएको छ । सर्लाहीका विकासकुमार ठाकुरले सोमबार अख्तियारमा उक्त उजुरी दर्ता गराएका हुन् ।
सामान्य परिवारमा जन्मिएका सिंहले एक्कासि आर्थिक फड्को मार्नु अस्वाभाविक रहेको ठाकुरले उजुरीमा उल्लेख गरेका छन् । सिंहमाथि छानबिन गर्न माग गरिएको छ । सोमबारै प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भ्रष्टाचारविरुद्ध आवाज उठाउन रोक लगाएको भन्दै सिंह अर्धनग्न भएका थिए ।
कांग्रेस छाडेर प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट चुनाव लडेर विजयी भएका सिंह पछिल्लो समय कांग्रेसप्रति आक्रामक ढङ्गमा प्रस्तुत हुँदै आएका थिए । सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्य रहेका विकास ठाकुरले सिंहविरुद्ध उजुरी दर्ता गरेका हुन् । राजनीतिक जीवनमा राजनीतिबाहेक अन्य पेसा व्यवसायमा समेत संलग्न भएका सिंहले अकुत सम्पत्ति जम्मा गरेको ठाकुरले आफ्नो उजुरीमा दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार