कालिकाेटामा बलात्कार आरोपित हत्कडीसहित फरार
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १४:५८:९
२५ वैशाख, काठमाडौं । कालीकोटमा एक बलात्कार आरोपी हत्कडीसहित फरार भएका छन् । बलात्कारको आरोपमा पलाँता गाउँपालिका–६ का ३१ वर्षीय शंकर बुढालाई सोमबार बिहान पक्राउ गरी इलाका प्रहरी कार्यालय पलाँतातर्फ लैजाने क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि भएको झडपका क्रममा हत्कडीसहित फरार भएका हुन् । बुढालाई सोही ठाउँका एक महिलामाथि बलात्कार गरेको आरोप छ ।
ढुंगामुढाले लागेर इलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक लक्ष्मी ढुंगेल रावल घाइते भएका छन् । अर्का एक स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।
फरार बुढाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र वरपरका प्रहरी चौकीबाट थप टोली खटिएको छ । बुढाले २०७९ असोज ३१ गते गाउँकै एक महिलालाई जबर्जस्ती करणी गरेको कसुरमा जाहेरी परेका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटना लगत्तै लुकीछिपी बस्दै आएका बुढालाई आज बिहान मात्र पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार