बझाङ र दार्चुला हिमपहिरोमा बेपत्ता २ महिलाको शव फेला
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १५:११:४२
२५ वैशाख, काठमाडौं । गत साता बझाङमा गएको हिमपहिरोमा पुरिएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ । सुर्मा गाउँपालिका–१ देवडी घर भएकी ३३ वर्षीया झल्नादेवी बोहराको शव फेला परेको प्रहरीले जनाएको छ ।
यार्सागुम्बा संकलनको लागि छोरासहित पार्थिहिमाल गएको अवस्थामा उनी वैशाख १९ गते हिमपहिरोमा परेर बेपत्ता भएकी थिइन् ।
स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर जारी राखेको खोजीका क्रममा आज सोमबार बिहान मात्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख (डिएसपी) जागेश्वर भण्डारीले बताए ।
यस्तै, दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटिएको छ । १९ वैशाखमा दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा बेपत्ताको खोजीका क्रममा एकजनाको शव फेला परको हो ।
डोटीको जोरायल गाउँपालिका–२ कि २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं. ५० गुल्म छाङ्रुको टोलीले फेला पारेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यसअघि ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको उनले बताए । हिमपहिरोमा अझै एक जना बेपत्ता छनु । उनको खोजी भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।
बहुमूल्य जडिबुटी यार्सा गुम्बा टिप्न गएका उनीहरु त्रिपालमुनि बसिरहेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएका थिए । केहीले भागेर ज्यान जोगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार