दुई दिन पहिल्यै देखिएको थियो श्री एअरलाइन्सको जहाजमा समस्या
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १६:५३:२०
२५ वैशाख, काठमाडौं । श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजमा शनिबार नै समस्या देखिएको पाइएको छ । सोही जहाजमा आज भैरहावाबाट काठमाडौं आउने क्रममा गियरमा समस्या देखिएको हो । ल्यान्डिङ गियरमा समस्या आएपछि बिच बाटोबाटै भैरहावामा फिर्ता गरिएको तर पछि काठमाडौंमा नै फिर्ता भएको थियो ।
जहाज काठमाडौंमा सकुशलअवतरण भएपनि पाङ्ग्रा लक हुँदा आधा घण्टासम्म धावनमार्गमै रोकिएको थियो । जहाजका कारण अरू जहाजहरुको पौने घण्टासम्म उडान र अवतरण तालिका प्रभावित हुन पुगेको थियो ।
दुई दिनमा दुई पटक समस्या देखिएपछि नेपाल उड्डययन प्राधिकरणले उक्त जहाजलाई उडानमा रोक लगाएको छ । जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई पनि सोधपुछका लागि बोलाएको छ । श्री एअरलाइन्सको जहाजका कारण अरू जहाजका उडान र अवतरण पनि प्रभावित भएका थिए ।
यसअघि गएको माघ १ गते काठमाडौंबाट पोखरा उडान भएको इति एयरको जहाज पोखराको सेती खोंजमा खस्दा जहाजमा सवार चालक दलका४ जनासहित ७२ जना सबैको निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार