रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट, दर्ताबारे भाेलि टुंगाे लाग्ने
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १७:३३:२६
२५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । सिन्धुलीका युवराज पौडेल लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको पद खारेजीको माग गर्दै रिट निवेदन बोकेर सोमबार सर्वोच्च पुगेका हुन् ।
लामिछाने सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी रिटमा गरिएको छ । मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म उनलाई प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन माग गरिएको छ ।
लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा नागरिकताको प्रतिलिपी लिएको जिकिर रिट निवेदनमा गरिएको छ ।यसअघि पौडेल लगायतले दायर गराएका रिटमाथि सर्वोच्चले सुनुवाइ गर्दै गएको माघ १३ गते शुक्रबार लामिछानेको पुरानो नागरिकता खारेज गरिदिएको थियो । सर्वोच्चकै आदेशबमोजिमम उनले दुई दिनपछि माघ १५ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पुनः नागरिकता लिएका थिए । त्यसैलाई पौडेलले योपटक आफ्नो रिटमा मुख्य आधार बनाएका छन् ।
सोही प्रतिलिपिका आधारमा लामिछाने चितवन २ मा यही वैशाख १० मा भएको उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए । उनी रास्वपाका संसदीय दलका नेता समेत बनेका छन् । रिट दर्ता गर्ने वा नगर्नेबारे छलफलका लागि पौडेललाई सर्वोच्च प्रशासनले मंगलबार बोलाएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्न जरुरी छ : प्रचण्ड
माघ ७, २०८१ सोमबार
ओली छाडेर भीम रावलको मातृभूमि जागरणतिर लागे एमालेका ५९ जना नेता, नामावलीसहित
माघ ७, २०८१ सोमबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
परालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार
ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला
माघ ७, २०८१ सोमबार