टुकुचा खोलामाथिको जग्गाको लगत कट्टा गर्न मन्त्रालयलाई बालेनकाे पत्र
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १७:५१:४५
२५ वैशाख,काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोलामाथिको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र मन्त्रालयलाई पत्र काटेको छ । टु्कुचा खोलामाथि रहेको व्यक्तिको जग्गाको लगत कट्टा गर्न भन्दै सोमबार पत्र काटेको हो ।
उच्च अदालत पाटनले टुकुचा ढल नभई प्राकृतिक खोला नै भएको आदेश दिएपछि खोलामाथिको जग्गाको लगत मेटाई खोलालाई संरक्षित रुपमा कायम रहन दिने योजनामा महानगर लागेको हो ।
आदेशले खोलामाथिको जग्गा र घर समेत बनेर व्यक्तिगत सम्पत्ति कायम भएको र त्यसलाई छलफल र समन्वयबाट टुंगोमा पुर्याउनुपर्ने भनेको छ । महानगरका मेयर बाल ेन साहले लेखेको पत्रमा ‘टुकुचा खोला तथा सोको क्षेत्राधिकार भित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने प्रष्ट देखिन्छ । टुकुचा खोलाको क्षेत्राधिकारभित्र पर्ने जग्गामा निजी तवरमा निर्मित भौतिक संरचना समेत स्वतः अवैध हुन जाने देखिन्छ’ उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘हात्तिसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशिघ्र व्यक्ति विशेषको नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध सम्बन्धमा आवश्यक कारवाहीको लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ ।’
मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारी र सार्वजनिक जग्गा मानेको छ । सोही ऐनको दफा २४९२० ले सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको छ ।
महानगरले खोलालाई खुला र प्राकृतिक रुपमै कायम रहन दिने भन्दै केही महिनाअघि खोलामाथिको जग्गामा बनेका घर र टहरा डोजर लगाएर हटाउन अभियान नै सुरु गरेको थियो । तर स्थानीयले व्यक्तिगत सम्पत्तिमाथि हस्तक्षेप गरेको भन्दै रोक लगाउन अन्तरिम आदेशको माग गर्दै उच्चमा रिट दायर गराएका थिए । सोको फैसलामा महानगरलाई आफ्नो अभियानलाई निरन्तर दिन मिल्ने गरी बाटो खुलेको हो । आफ्नो पक्षमा फैसला आएको जनाउँदै महानगरले आफ्नो अभियानलाई पुनः सुरु गर्ने भएको हो ।
महानगरले आजैबाट महानगरभित्रका सडक र पोलमा गुजुल्टिएका दूरसंचार र इन्टरनेटका तारहरु हटाउन सुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
काठमाडौं महानगरभित्र आजदेखि गरिब घरपरिवारको गणना सुरु, २०९ जना गणक परिचालन
चैत २५, २०८० आइतबार
चुनढुङ्गा उत्खननमा कीर्ते सिफारिस गर्नेलाई कारबाही गर्न प्रहरीमा उजुरी
चैत २१, २०८० बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार