किन गराए प्रधानमन्त्री प्रचण्डले आईजीपीको अमेरिका भ्रमण रद्द ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार २२:६:५
२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आईजीपी बसन्त बहादुर कुवँरको अमेरिका भ्रमण रोकेका छन् । आईजीपी भएपछि पहिलो विदेश भ्रमण तय भएकोमा प्रधानमन्त्री प्रचण्डले तत्कालै सो भ्रमण रद्द गरेर अरूलाई पठाउन आदेश दिएका थिए । यति बेला मुलुकमा नक्कली भूटानी शरणार्थी प्रकरणमा अनुसन्धान चलिरहेको भन्दै उनको भ्रमण रोकिएको हाे । अमेरिकामा हुने लिडरशिप एक्सचेन्ज कार्यक्रममा भाग लिन जान लागेका आईजीपी वसन्त कुँवरको भ्रमण रोकिएकाे हो । सो कार्यक्रममा भाग लिन नेपाल प्रहरीका एआईजीसहितको टोलीलाई पठाइएको छ ।
भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणका प्रहरीले अनुसन्धान गरिरहेको र सो अनुसन्धान प्रभावित हुनसक्ने भन्दै आईजीपीलाई सरकारले भ्रमण अनुमति नदिएको हो । ‘आइतबार साँझ मात्रै आईजीपीको भ्रमणमा रोक लगाइएको हो, प्रहरीले हतारमा अर्को निर्णय गर्नुपर्यो, एआईजी किरण बज्राचार्यको नेतृत्वमा अर्को टोली पठाइएको छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । आईजीपी कुँवरको भ्रमण रद्द भएपछि एआईजीको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेकाे छ । एआईजी बज्राचार्यको नेतृत्वमा टोली पठाइएको नेपाल प्रहरीले जनाएको छ । टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी, प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र बहादुर धामी र प्रहरी उपरीक्षक सन्तोष खड्का रहेका छन् ।
वैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसी र न्यूयोर्कमा सञ्चालन हुने उक्त कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यससम्बन्धि ज्ञान तथा अनुभव आदान प्रदान जनाइएको छ ।
‘आईजीपीको भ्रमण अचानक रद्द भयो, प्रधानमन्त्रीले नै उहाँलाई मुलुक बाहिर नजान निर्देशन दिनु भएको हो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । नक्कली भूटानी शरणार्थी प्रकरणमा यति बेला पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन भने पूर्व गृहमन्त्री बालकृष्ण खाँण पनि शंकाको घेरामा तानिएका छन् । त्यसै गरी कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा र खाँणपत्नी मञ्जु खाँणले पनि करोडौं रुपैयाँ लिएको भन्दै अडियो सार्वजनिक भएको छ । जसले गर्दा प्रचण्डले अनुसन्धान प्रभावित न होस भन्ने हेतुले उनको भ्रमण रद्द गरेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार