पत्नी मञ्जुले पैसा लिएको अडियो सार्वजनिक भएपछि प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री खाँण
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार २२:५५:१४
२५ वैशाख, काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँण सोमबार साँझ प्रहरी कार्यालयमा पुगेर अनुसन्धान सहयोग गर्ने आश्वासन दिएका छन् । काठमाडौं प्रहरी परिसर पुगेर अनुसन्धानमा आफ्नो पूर्ण सहयोग रहेन आश्वासन दिएका हुन् ।
खाँण गृहमा आएपछि महेश्वर न्यौपानेको ठाउँमा गृहसचिव भएर टेकनारायण पाण्डेलाई ल्याएर नक्कली भूटानी शरणार्थी बनाउने गिरोहले खाँणलाई पनि आर्थिक प्रलोभनमा पारेर आफ्नो काम फत्ते पारेको प्रहरीले आशंका गरेको बेला उनकी पत्नी मञ्जु खाँणले पैसा लिएको अडियो सार्वजनिक भएपछि उनी सोमबार साँझ प्रहरी कार्यालय पुगेका हुन् ।
ठगी गिरोहका नाइकेहरू कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा नेताहरूले पैसा लिएर पनि काम नगरेको बताएपछि उनीहरूले आफूहरू फसिसकेको भन्दै यो काम भएमा थप पैसा खर्च गर्ने बताएका कारण खाँणले काम फत्ते गरिदिएको भन्दै आरोपीहरुले खाँणलाई पनि अनुसन्धानको दायरामा तानेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार