नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्वप्रकाशले भने- ‘निर्दोष फस्न र दोषी बच्न हुँदैन’
अर्थमन्त्री महतलाई दिए नाै बुँदे सुझाव
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १३:३:१२
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकारणमा निर्दोष फस्न र दोषी बच्न नहुने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा रोष्ट्रमबाट बोल्दै सार्वभौम नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश उडाउने सपना बाँडेर अर्बौं रुपैयाँ असुल गरिएको घटनाका कुनैपनि दोषी कारवाहीबाट बाहिर पर्न नहुने स्पष्ट पारे । ‘वास्तवकै नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका पात्रहरु देख्दा लाजले शिर निहुरिएको छ’ सांसद शमाले भने, ‘यसमा तानिएका जोकोहीमाथि कानुनबमोजिम कारवाही होस्, सरकारले खुट्टा कमाउने संकेत देखाए संसद चुप बस्दैन ।’
उनले अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेका ‘आगामी बजेटको सिद्धान्त र प्राथमिता’ प्रस्तावपछि कडा टिप्पणी गरेका छन् । उनले आगामी बजेट व्यक्तिको लहड र महत्वकांक्षीमा आउन नहुने बताउँदै श्रमिक जनता र रोजगारकै लागि लाखौं संख्यामा विदेशिन विवश युवाहरुको भावना सम्बोधन नहुने गरी लहडमा अर्बौंका आयोजना नल्याउन सुझाव दिए ।
उनले पोखरा र भैरहावा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण बोक्न राष्ट्रलाई मुश्किल हुन थालेका भन्दै विमानस्थल बनाउनुको साटो केही अर्ब लगानीमा पोखरा–भूमही (रुपेन्देही) द्रूत मार्ग बनाएको खण्डमा अहिले विदेश ऋणको भारमा मुलुक नपर्ने बताए ।
रेल नचलाउने जग्गा रोक्का गर्ने, रोजगार सिर्जना नगर्ने आत्मनिर्भरताको गफ दिने, मल दिन नसक्ने तर किसानबाट सरकारको गुणगान अपेक्षा गर्ने चरित्रकै कारण हरेक सरकार असफलताको घेराबाट बाहिर निस्कन सकेको बताए ।
यस्तै, मुलुकका अर्थतन्त्र चौपट हुने अवस्थामा पुग्नुमा भ्रष्टाचार नै मुल कारण रहेको बताउँदै उनले भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्ने बताए ।भ्रष्टाचारीलाई कारवाही गर्न हदम्याद तोक्ने गल्ती नगर्न सदनको ध्यानाकर्षण गराए ।
उनले अर्थमन्त्री महतलाई बजेटसम्बन्धी ९ बुँदामा सुझाव दिएका छन् । मौद्रिक नीतिमार्फत सरकार बैंक र व्यवसायीबीचको ब्याजदर केन्द्रित तनावको हल गर्न, खाद्यान्नमा आत्मनिर्भर हुने संकल्पसहित कृषि पढिरहेका युवाहरुलाई प्रेरित गर्ने योजना र कार्यक्रम ल्याउन सुझाए ।
नाै बुँदे सुझाव
- राष्ट्र बैंकको समन्वयमा मौद्रिक नीतिमार्फत सरकार बैंक र व्यवसायीबीचको ब्याजदर केन्द्रित तनावको हल गरियोस् ।
- आन्तरिक र बाह्य ऋणको आकारले क्रमश डेब ट्रयापमा पर्न नदिन मितव्ययी ढंगले बजेट निर्माण गरियोस् ।
- अनुत्पादक र फजुल खर्च भएका क्षेत्रहरु पहिचान गरेर फजुल खर्च कटौती गरोस्। लहडको भरमा कुनै पनि परियोजना अघि नसारियोस् ।
- बजेटको आकार घटाउने भन्दा पुँजीगत खर्च बढाउने कानुन, नीति र रणनीति तर्जुमा गरियोस् ।
- व्यापार घाटा क्रमश न्यून गर्दै जान विद्युत्को उत्पादन, उपभोग र व्यापारको बृहत्तर योजना तर्जुमा गरोस् ।
- खाद्यान्नमा आत्मनिर्भर हुने संकल्पका साथ कृषिमा सामेल हुन पढिरहेको युवाहरुलाई प्रेरित गर्ने योजना र कार्यक्रम बनाऊँ ।
- बेरुजु संकलनमा कडाइ, चुहावट र भ्रष्टाचार नियन्त्रणमा कडाइसहित कठोरता राखौं ।
- निजी क्षेत्रसँगको परामर्शमा खारेज सुधार र नयाँ निर्माण गर्नुपर्ने करिब दुई दर्जन ऐनहरुको ओम्नीवश आर्थिक प्याकेज ल्याऊँ ।
- सार्वजनिक खर्च पुनरवालोकन आयोगको प्रतिवेदन अध्ययन गरी उपादेयता नदेखिएका विभाग र सार्वजनिक संरचना खारेज गरौँ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार