संसदमा प्रेम सुवालको प्रश्न : ‘प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता फिल्म देखाउन हो ?’

नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १३:३६:१९

२६ वैशाख, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका दोषीलाई उन्मुक्ति दिन प्रमुख ३ दलका शीर्षनेता लागेको भन्दै सांसदहरुले आशंका गरेका छन् ।
मंगलबार बिहान प्रधामन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा त्रिपक्षीय लामो समय छलफल गरेका छन् ।
सोही विषयलाई लिएर मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्ने सांसहदहरुले आशंका गरेका हुन् । बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रमुख दलका नेतृत्वको बारम्बारको भेटघाटले नक्कली भुटानी शरणार्थी छानबिनलाई प्रभावित तुल्याउने योजना बनाइरहेको आंशका जन्माएको बताए । उनले भेटवार्ता किन र केका लागि भएको हो भन्नेबारे प्रधानमन्त्री प्रचण्डले संसदलाई जानकारी गराउनुपर्ने भन्दै सभामुखको ध्यानाकर्षण गराए । उनले घरिघरि हुने भेटवार्ता ‘फिल्म देखाउन हो ?’ भन्दै प्रश्न गरे ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने योजनामा गृहमन्त्रालयका तत्कालीन मन्त्री, सचिव, सल्लाहकार र तिनका योजनामा बिचौलिया खडा गरेर नेपालीहरुबाट अर्बौं रुपैयाँ उठाएर ठगी गरिएको प्रकरणमा पक्राउ परेका इन्द्रजित राई, सचिव टेकनारायण पाण्डेप्रति इंगत गर्दै ‘यो टे«लर मात्र भएको, फिल्म आउनै बाँकी रहेको’ भनेर अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सांसदहरुले संसद बैठकमा प्रकरणलाई ‘ट्रेलरको रुपमा मात्र नभई पूरै ‘फिल्म’ देखाउन सक्नुपने औल्याइरहेका छन् ।
बैठकको शुन्य समयमा बोल्दै सांसदहरु ठाकुर गैरे, तेजुलाल चौधरी, डा तोसिमा कार्की, देवेन्द्र पौडेलले नक्कली शरणार्थी प्रकरणमा दोषी जोगाउने कार्य नगर्न सरकारसहित सम्बन्धित पक्षलाई आग्रह गरे । प्रकरणमा मुछिएपछि पक्राउको तयारी भइरहेका बेला एमाले सांसद टोपबहादुर रायमाझी ५ दिनदेखि फरार छन् । उनी एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेट गरेकै दिनदेखि फरार भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार
संविधानसभा सदस्य सापकोटाको निधन
फागुन ८, २०८१ बिहिबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
फागुन ८, २०८१ बिहिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार