अजोड इन्स्योरेन्सको विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित

नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १३:५५:०
२६ वैशाख, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडलको विशेष साधारण सभा सम्पन्न गरेको छ । सोमबार युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौंमा विशेष साधारण सभा सम्पन्न भएको हो ।
सभाले अजोड इन्स्योरेन्स लि। तथा यूनाइटेड इन्स्योरेन्स 'नेपाल' लि. एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी प्रस्तावलाई पारित गरेको छ । दुई कम्पनी मर्जर पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” हुनेछ ।
अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सबीच एक आपसमा मर्जर प्रयोजनका लागि मूल्याङ्कनकर्तामा एस.आर.पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्टस्द्वारा तयार गरिएको अजोड र यूनाइटेड इन्स्योरेन्सको चलरअचल सम्पत्ति, दायित्व तथा कारोवार मुल्याङ्कन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात ८२।५०ः१०० कायम गर्ने गरि मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पनि पारित भएको छ ।
अजोड र यूनाइटेड इन्स्योरेन्सबीच एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी सहमती पत्र, अन्तिम सम्झौता पत्र तथा अन्य भए गरेका सम्झौताहरु लगायत सम्पूर्ण काम कारवाहीको अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ ।
अजोड र यूनाइटेड इन्स्योरेन्सबीच एक आपसमा गाभिएपछि बन्ने कम्पनीमा गठन हुने सञ्चालक समितिमा यस कम्पनीको तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई दिने तथा गाभिए पछि बन्ने कम्पनीको सञ्चालक समितिमा यूनाइटेड इन्स्योरेन्सबाट आउने सञ्चालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
अजोडको हाल कायम सञ्चालक समितिका सदस्यहरुको कार्यकाल जतिसुकै बाँकी रहेको भएता पनि गाभ्नेरगाभिने कार्य सम्पन्न भई साविक दुबै कम्पनीबाट प्रतिनिधित्व रहने गरि नयाँ सञ्चालक समिति गठन भए पश्चात विद्यमान सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछि बन्ने कम्पनीको वार्षिकरविशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव पनि पारित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
फागुन १३, २०८१ मंगलबार
सानिमा रिलायन्सले लाभांश वितरण गर्ने
फागुन १३, २०८१ मंगलबार
हिमालयन लाइफ इन्सुरेन्सको एजीएम आज बस्दै
फागुन ११, २०८१ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार