राजेशबाबुलाई अस्ट्रेलियाका राष्ट्रपतिबाट विभूषण
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १४:२३:४६
२६ वैशाख, काठमाडौं । नेपालका लागि संघीय गणतन्त्र अस्ट्रेलिया का अवैतनिक बाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रेलियाका राष्ट्रपतिबाट विभूषित भएका छन् । नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रेलियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पाएका हुन् । यो अस्ट्रेलिया राज्यले प्रदान गर्ने सम्मान हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समुपस्थितिमा नेपालका लागि गणतन्त्र अस्ट्रियाका राजदूत क्याथरिना विजरले श्रेष्ठलाई विभूषण हस्तान्तरण गरिएको हो । यसअघि सन् २०१३ मा नेपालका लागि अस्ट्रियाका तत्कालीन अवैतनिक बाणिज्यदूत स्व.लक्ष्मणबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारले ‘डेकोरेसन अफ अनर इन गोल्ड’बाट विभूषित गरेको थियो ।
सम्मान हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सम्मानित व्यक्तित्व श्रेष्ठले भौगोलिक अवस्थिति, हिमालय र अतिथि सत्कारको परम्परामा नेपाल र अस्ट्रेलियाबीच समानता रहे पनि आर्थिक विकासको सन्दर्भमा अस्ट्रियाले ठूलो प्रगति हासिल गरेको बताए । आर्थिक समृद्धि हासिल गर्ने सन्दर्भमा नेपालले अस्ट्रेलियाबाट धेरै कुरा सिक्न सक्ने पनि उनले बताए । पर्यटन, सुरुङ र हिमाली पूर्वाधार, जलविद्युत् तथा स्वच्छ ऊर्जा जस्ता क्षेत्रमा अस्ट्रियाबाट नेपालले धेरै अनुभव लिन सक्ने उनको भनाइ छ ।
सो अवसरमा श्रेष्ठले मित्रराष्ट्र अस्ट्रेलियाले नेपाललाई गरेको सहयोग, विशेष गरी सांस्कृतिक सम्पदाको पुनःनिर्माण र संरक्षणको क्षेत्रमा गरेको सहयोगको पनि स्मरण गरे । ‘केशरमहलस्थित स्वप्न बगैंचा र पाटन संग्रहालय यसका ठोस उदाहरण हुन्,’ श्रेष्ठले भने, ‘कोभिड–१९ महामारीका बेला पनि मित्रराष्ट्र अस्ट्रेलियाले नेपाललाई उदारतापूर्वक सहयोग गरेको छ ।’ पछिल्लो सहायतामा अस्ट्रेलियाले नेपाललाई कोभिड–१९ को ४ लाख थान फाइजर खोप उपलब्ध गराएको छ । अस्ट्रेलियाले उपलब्ध गराएको खोप युरोपेली संघमार्फत संयुक्त राष्ट्रसंघको कोभ्याक्सअन्तर्गत नेपाललाई प्राप्त भएको हो ।
नेपाल र अस्ट्रेलियाबीच ६४ वर्ष पुरानो सुमधुर दौत्य सम्बन्धको इतिहास छ । आगामी दिनमा यो सम्बन्ध राजनीतिक, आर्थिक, सामाजिक र जनस्तरमा अझ बलियो बन्दै जाने विश्वास पनि उनले व्यक्त गरे । कार्यक्रममा नेपालका लागि अस्ट्रियाका राजदूत विजरले सन् २००७ मा लक्ष्मणबाबु श्रेष्ठ नेपालका लागि अस्ट्रेलियाका अवैतनिक दूत नियुक्त भएपछि अस्ट्रियाले उनले र पछि हालका अवैतनिक दूतबाट पाएको सहयोगको प्रशंसा गरे । कोभिड–१९ महामारीका बेला अवैतनिक दूत श्रेष्ठले नेपालमा रहेका अस्ट्रेलियाका नागरिकलाई गरेको सहयोग अविस्मरणीय रहने पनि उनले बताए । श्रेष्ठ मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार