आरजुलक्षित तोसिमाकाे कटाक्ष : भ्रष्टाचारमा महिला-पुरुष भन्ने पनि हुन्छ र ?
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १४:५५:३६
२६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्कीवपा) सांसद डा. तोसिमा कार्कीले कांग्रेस सांसद डा. आरजु राणा देउवाको अभिव्यक्तिप्रति कटाक्ष गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै कार्कीले भ्रष्टाचारमा महिला–पुरूषको विषय नहुने बताएकी हुन् ।
उनले राणको नाम नलिइकन भनिन्, ‘एक महिला सांसदले टेपकाण्डको अनुसन्धान माग गर्दा महिला विद्रोही भयो, महिला हिंसात्मक भयो, अराजक बन्यो मलाई उत्तर दिनुपर्यो भन्नुभयो,’ उनले भनिन्, ‘भ्रष्टाचारमा कहाँनेर लिंग जोडिएको हुन्छ ? यहाँ त चिनारी फेरेर राष्ट्रघात समेत भएको छ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा देशका ठूला निकाय र नेताहरू संलग्न रहेको बताउँदै संसद भ्रष्टाचारीलाइ जोगाउने थले बनेको आरोप लगाइन् । उनले सबै सांसदहरूको सम्पत्तिको स्रोत खोज्न र उनीहरुको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न माग गरिन् ।
गएको आइतबारको बैठकमा संसद् बैठकमा आरजुले महिलाले बोलेका विषयहरू पुरुषलाई असह्य हुने गरेको भन्दै आफूले भ्रष्टाचार नगर्ने र नडराउने बताएकी थिइन् ।
उनले आफ्ना श्रीमान कांग्रेस सभापति शेरबहादुर देउवा ६ पटक प्रधानमन्त्री भइसकेको र अहिलेसम्म भ्रष्टाचार के हो भन्ने कुरा थाहा नपाएको बताएकी थिइन् । भ्रष्टाचारको आरोपमा आफूमाथि छानबिन भएमा आपत्ति नहुने जनाएकी थिइन् । महिलाले बोल्दा विद्रोही र नसुहाउने हुने र महिला भएकै कारण विभिन्न आरोप र लाञ्छाना खेप्नुपर्ने भन्दै महिला अधिकारको कुरा उठाएकी थिइन् ।
यद्यपि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुले चाहिक्ं आरजु र पूर्व गृहमन्त्री बालकृष्ण खाणकी पत्नी सांसद मञ्जु खाणलाई आफूहरुले उठाएको करोडौं रकम घरमै पुगेर बुझाएको बयान प्रहरीलाई दिएका छन् । सो घुस रकम कारोबारसँग सम्बन्धित रहेको भनिएको सार्वजनिक भएको अडियो रेकर्डमाथि प्रहरीले छानबिन गरिरहेको छ । रेकर्ड सार्वजकि भएपछि नै आरजु संसद बैठकमा आक्रोशित बनेकी थिइन् ।
नक्कली शरणार्थी प्रकरणले संसद अहिले तातेको अवस्था छ । साेही प्रकरणमा मुछिएपछि पक्राउ पर्ने डरले एमाले सचिव एवं सांसद टाेपबहादुर रायमाझी फरार भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार