शेयरबजारमा दोहोरो अंकले वृद्धि, हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा !
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १५:३५:३५
२६ वैशाख, काठमाडौं । साताको तेश्रो कारोबार दिन मंगलबार शेयरबजारमा दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार नेप्से सुचकमा १०.६६ अंकले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको छ।
यता ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा १.८७ अङ्कले बढेर ३५४.२५ विन्दुमा पुगेको छ। आज नेप्से सुचकको १६१ कम्पनीमा वृद्धि भएको छ । ५० कम्पनीमा ओरालो लागेको छ भने ८ कम्पनी स्थिर रहेको छ ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता शेयर खरिद बिक्री हुँदा ७७ करोड ४७ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ। यसको ६ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सिवम सिमेन्टको ४ करोड ४६ लाख र स्वाभिमान लघुवित्त वित्तिय संस्थाको ३ करोडभन्दा बढीको कारोबार भएको छ।
यता सबै उपसुचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै हाटल तथा पर्यटन, हाइड्रोपावर सूचक र निमार्ण तथा प्रशोधनमा वृद्धि भएको छ । आजको कारोबारमा पिपुल्स पावरको ६ प्रतिशत, कालिनचोक दर्शन, सिभिल लघुवित्त वित्तिय संस्था, युनिलिभर र आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको ४ प्रतिशतले सेयर मूल्य बढेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार दोहोरो अंकले घटेर २६०९ विन्दुमा रोकियो नेप्से, १५ करोडले बढ्यो कारोबार
पुष १४, २०८१ आइतबार
४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार