विद्यार्थीको पहुँच पु¥याउन निःशुल्क भर्ना अभियान सुरु
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १६:१२:३८
२६ वैशाख, भजनी । कैलालीको भजनीस्थित महुन्याल बहुमुखी क्याम्पसले विद्यार्थीको सङ्ख्या बढाउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई क्याम्पससम्म पहुँच पु¥याउन निःशुल्क भर्ना अभियान सुरु गरेको छ ।
भजनी नगरपालिकाले क्याम्पसलाई उपलब्ध गराउने अनुदानको रकमबाट मिलान हुनेगरी स्नातक तहको पहिलो वर्ष भर्ना हुन आउने विद्यार्थीलाई भर्नामा निःशुल्क गर्ने भएको हो । आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा हासिल गर्न वञ्चित भएका विद्यार्थीलाई क्याम्पसको पहुँचमा पु¥याउन निःशुल्क भर्ना अभियान सुरु गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष टङ्कप्रसाद जोशीले बताए ।
उनका अनुसार नगरपालिकाले क्यम्पसलाई दिने रु ३६ लाख अनुदानबाट १० प्रतिशत रकम छात्रवृत्तिका लागि क्याम्पसले छुट्याउने निर्णय गरिएको छ । त्यहीँ रकमले नयाँ भर्ना हुन आउने विद्यार्थीलाई निःशुल्क भर्नाको कार्यक्रम सुरु गरिएको उनले बताए । “हामीले हतार गरेका छौँ । नगरपालिकाले दिने भनिएको अनुदान रकम लिखितरुपमा छैन । मौखिक रुपमा भएको कुरालाई आधार मानेर क्याम्पसको निर्णय सार्वजनिक गरेका हाँैं”, अध्यक्ष जोशीले भने, “सम्भवत नगरपालिकाको यसपछि बस्ने कार्यपालिकाको बैठकबाट निर्णय हुन्छ होला तर नभएको खण्डमा भने समस्या आउन सक्ने स्थिति छ ।”
क्याम्पसले विद्यार्थी भर्नाको समयमा लाग्ने रु दुई हजार पाँच सय भर्ना शुल्क, पुस्तकालय शुल्क रु पाँच सय, खेलकुद शुल्क रु दुई सय २५, विकास शुल्क रु पाँच सय र आवेदन फारम शुल्क रु पाँच सय गरी रु चार हजार दुई सय २५ रुपैयाँ छुट गरेको हो । अध्ययनका लागि पालिका बाहिर जाने विद्यार्थी र कक्षा १२ सम्मको अध्ययन गरेर आर्थिक स्थितिले पढाइलाई निरन्तरता दिन नसकेका विद्यार्थीलाई यसबाट ठूलो राहत हुने अपेक्षा गरिएको छ ।
क्याम्पस स्ववियु सभापति अर्जुन खत्रीले क्याम्पसले गरेको निर्णयले विद्यार्थीको सङ्ख्या बढ्ने बताए । नगरप्रमुख केवल चौधरीलाई क्याम्पसको विविध समस्याको विषयमा ज्ञापनपत्र बुझाइएकामा एउटा महत्वपूर्ण काममा नगरपालिकाले सहयोग गरेको उनको भनाइ थियो ।
“क्याम्पस छ तर विद्यार्थी सङ्ख्या बढाउन सकिएको छैन । आर्थिक अवस्थाले कमजोर भएका विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित भएका छन् ।” सभापति खत्रीले बताए, “आशा छ क्याम्पसले गरेको यो निर्णयले विद्यार्थीको सङ्ख्या बढ्ने र हाम्रो प्रयास पनि सफल हुनेछ ।” अहिले क्याम्पसमा करिब दुई सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
रौतहटमा आईपीभी खोप दुई चरणमा सञ्चालन हुने
जेठ ९, २०८१ बुधबार
एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै
जेठ ९, २०८१ बुधबार
हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो
जेठ ९, २०८१ बुधबार
डिभी परेर अमेरिका जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् सपना पुरा
जेठ ९, २०८१ बुधबार
सिक्लेस गाउँ पर्यटकको रोजाइमा
जेठ ९, २०८१ बुधबार
पार्टीको आगामी रणनीति तय गर्न सानेपामा सुरु भयो कांग्रेसको संयुक्त बैठक
जेठ ९, २०८१ बुधबार