पत्रकारको मानअवअधिकार रक्षाका लागि ‘र्यापिड रेस्पोन्स टिम’ गठन
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १७:३:२८
२६ वैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारको मानव अधिकार रक्षाका लागि ‘र्यापिड रेस्पोन्स टिम’ (आरआरटी) गठन गरेको छ ।
आररआरटीले पत्रकारहरुको मानव अधिकारमाथि हनन् हुने अवस्था आएको खण्डमा फिल्डमै गएर छानबिन गरी उनीहरुलाई मानव अधिकारको प्रत्याभूति गराउने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जानकारी दिए ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मगरले आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारहरुको पनि सुरक्षा हुनुपर्छ भन्ने मान्यताअनुसार संयन्त्र बनाएको बताए । उनका अनुसार आयोगका सदस्यको संयोजकत्वमा गठित संयन्त्रमा नेपाल पत्रकार महासंघको अध्यक्ष, नेपाल प्रहरी लगायत रहनेछन् ।
पत्रकारमाथि कुनै किसिमको थ्रेड भएको वा अप्ठ्यारो परेको बेला संयन्त्रले हरेक कोणबाट सहयोग पुर्याउने आयोगले जनाएको छ । संयन्त्रको कार्यविधि सम्बन्धित पक्षसँगको छलफलबाट तय गर्ने जनाइएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारहरुको मानव अधिकार हनन् हुन नदिन महासंघले राष्ट्रिय मानव अधिकार आयोगसँग पनि मिलेर काम गरिरहेको बताए । दण्डहीनताको अन्त्य गर्ने विषयमा सरकार सक्रिय हुनुपर्नेमा जोड दिए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुन नदिन आफूहरुले संचार आचारसंहिता र निर्देशिका जारी गरी अनुगमनलाई तीव्रता दिइरहेको बताए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हुनन हुन सचेत रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार