नक्कली शरणार्थी प्रकरणले प्रधानमन्त्रीको विदेश भ्रमणमाथि प्रश्न ?
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार ८:३१:९
२७ बैशाख, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको प्रकरणले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणमा समेत असर पार्ने भएको छ । प्रधानमन्त्री प्रचण्ड छिमेकी मुलुक भारत र चीन भ्रमणमा जाने तयारी गरिरहेका छन् । दुवै देशले नेपालको ठगी प्रकरणको अनुसन्धानमा राजनीतिक दलका नेताहरुको सम्लग्नतामाथि चासो राखिरहेका छन् ।
परारष्ट्र मामिलाका जानकारहरुले नक्कली शरणार्थी बनाएर अमेरिक पठाएको विषयको कारवाहीमाथि शक्तिराष्ट्रसहित विश्वले हेरिरहेकाले भारतले पनि यसबारे चासो दिइरहेको बताएका छन् । उनीहरुको भनाइमा यो विषयकको अनुसन्धानलाई लिएर भ्रमणका समयमा प्रश्नहरु आउन सक्छन् । यसका लागि प्रधानमन्त्रीले कूटनीतिक संयन्त्रको प्रयोग गर्नुपर्छ ।
यतिबेला परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत र चीन भ्रमणका लागि गृहकार्य गरिरहेको छ । भारत भ्रमणको मिति टुंगिँएपछि चीन भ्रमणमा जाने तयारी छन् प्रधानमन्त्री प्रचण्ड । उनले प्रधानमन्त्री भएदेखि नै भारत भ्रमणको तयारी गरेका थिए । तर, अहिले सम्म मिति तय भएको छैन् । सुरुमा भारत भ्रमण गर्ने र फर्केपछि अर्को छिमेक चीन भ्रमण जाने प्रधानमन्त्रीको तयारी रहेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय नभएर त्यसका लागि आवश्यक तयारी भइरहे पनि चीनबाट भने निमन्त्रणा आइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भारत भ्रमण वैशाख अन्तिम सातादेखि जेठको पहिलो सातासम्म हुने अपेक्षा भए पनि मिति तय भएको छैन । जेठ पहिलो सातासम्म हुन नसके सरकारको नीति तथा कार्यक्रम र बजेटभन्दा पछि मात्र हुनेछ । त्यति बेलासम्म ठगी प्रकरणको अनुसन्धानले एक रुप लिने प्रधानमन्त्रीको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार