नक्कली शरणार्थी प्रकरणमा इफ र बटको कुरा छैन, दोषीमाथि कडा कारवाही हुनुपर्छः कोइराला
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार ११:११:३८
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरूलाई कारबाही हुनुपर्ने बताएका छन् । उनले दोषी माथि कारबाही गर्न प्रहरीले कसैको कुरा सून्न नमिल्ने बताएका छन् । दोषी माथि कानुनी कारबाहीका क्रममा राजनीतिक दवाव अनुचित र नीति विपरीत कार्य हुने उनको भनाइ छ ।
बुधबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताए । उनले देशमाथि गद्दारी गर्ने नेताहरू बचाउन शीर्ष नेताको दवाव र चलखेल पनि उपयुक्त नभएको बताए । दोषी कानुनका अगाडि कुनै पाटीर्को नेता बन्न नसक्ने र त्यस्ता दोषीलाई बचाउन खोज्ने प्रबृति पनि ठीक नभएको उनको भनाइ छ ।
काेइरालाले भने, ‘जो जो दोषी हो, उनीहरूलाई कारबाही हुन पर्छ यसमा इफ र बटको कुरै छैन उनीहरूले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन । कुनै दलको नेताले यो मेरो मान्छे भन्न मिल्दैन । कानुनलाई निष्पक्ष रुपमा काम गर्न दिनुपर्छ । प्रहरीले पनि कसैको दवाव आयो भनेर त्यस्तो दवावलाई कानुनभन्दा माथि ठान्नु हुँदैन । निर्दोष छ भने पनि उसलाई दवावका आधार दोषी देखाउन मिल्दैन ।’
नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताउँदै उनले प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने विश्वास व्यक्त गरे । यो प्रकरणमा गृह मन्त्रालय र प्रहरी प्रशासनले गरिरहेको कामको सह्राना गर्दै उनले भने, ‘यसमा प्रहरीले गरिरहेको अनुसन्धान अब रोकिन्छ भन्ने मलाई चाहिँ लाग्दैन । प्रहरीले यो अनुसन्धान एउटा लेबलसम्म पुर्याउँछ, पुर्याउँछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार