डेब्यू फिल्ममै फ्लप भएका कलाकार को को हुन् ?
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १२:४९:७
२७ वैशाख, मुम्बई । कुनै पनि कलाकारका लागि उसको डेब्यू फिल्म महत्वपूर्ण हुन्छ, किनकी डेब्यू फिल्मले नै उसको करियरको टुंगो लगाउँछ । तर, बलिउडमा यस्ता कैयौं कलाकार छन्। जसको पहिलो फिल्म नै बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो । अहिले यिनै कलाकारहरु फिल्म उद्योगका स्टार बनेका छन् । यो सुचीमा अमिताभ बच्चनदेखि सलमान खानसम्म छन् ।
अमिताभ बच्चन्
अमिताभ आज बलिउडका महानायक हुन् । तर उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ बक्सअफिसमा पूर्ण रुपमा फ्लप भएको थियो । यो फिल्म फ्लप भएपछि अमिताभ पूर्ण रुपमा विक्षिप्त बनेका थिए ।
अक्षय कुमार
अक्षय कुमारको पहिलो फिल्म ‘सौगन्ध’ बक्सअफिसमा फ्लप भएको थियो । यद्यपि यसपछि उनले कडा मेहनतमार्फत बलिउडमा सफलता हासिल गरे ।
ऐश्वर्या राय
अभिनेत्री ऐश्वर्या रायको डेब्यू फिल्म ‘और प्यार हो गया’ पनि बक्सअफिसमा असफल भएको थियो । तर यो असफलता पछि भने उनले आफ्नो करियरको तेज उडान भरिन् ।
माधुरी दिक्षित
अभिनेत्री माधुरीको पहिलो फिल्म ‘अबोध’ बक्सअफिसमा असफल भए पनि उनले अभिनयका माध्यमबाट फ्यानलाई मन्त्रमुग्ध बनाइन् ।
करिना कपुर
अभिनेत्री करीनाले फिल्म ‘रिफ्यूजी’बाट बलिउडमा पाइला चालिन् । तर यो फिल्म फ्लप साबित भयो । यसपछि उनले बलिउडमा कैयौं सुपरहिट फिल्म दिइन् ।
काजोल
अभिनेत्री तनुजाकी छोरी काजोलले बलिउडमा ‘बेखुदी’बाट पाइला चालिन् । तर उनको पहिलो पाइला असफल साबित भएको थियो ।
कटरिना कैफ
अभिनेत्री कटरीनाको डेब्यू फिल्म ‘बुम’ सन् २००३ मा रिलिज भएको थियो । यो फिल्ममा उनले अभिनेता गुलसन ग्रोवरका साथ रोमान्स गरेकी थिइन् । तर फिल्म असफल भयो ।
रणवीर कपुर
अभिनेता रणवीर कपूरको पहिलो फिल्म ‘साँवरिया’ बक्सअफिसमा असफल भएको थियो । फिल्ममा उनले सोनम कपूरका साथ रोमान्स गरेका थिए ।
सलमान खान
अभिनेता सलमानको पहिलो फिल्म ‘बीबी हो तो ऐसी’ हो । फिल्ममा उनले सहायक चरित्र निभाएका थिए । फिल्म बक्सअफिसमा असफल साबित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार