नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरी अनुसन्धानमा सघाउन रायमाझीलाई एमालेकाे निर्देशन
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १३:५८:१९
२७ वैशाख, काठमाडौं । नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका सांसद एवं पार्टी सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धानमा प्रहरीलाई सहयोग गर्द संसदबाटै आग्रह गरेको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रिबजेट छलफलमा भाग लिँदै एमालेका उपमहाचिव पृथ्वीसुब्बा गुरुङले रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका हुन् ।
एमालेले कानून र विविधको शासन मान्ने बताउँदै अनुसन्धानमा सघाउनुपर्ने उनको भनाइ थियो । ‘हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हिजो सचिवालय बैठक बसेर निर्देशन गरेका छौं, तपाई यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस्’ उपमहासचिव गुरुङले भने । उनले छानबिनमा निर्दोष फस्न र दोषी उम्कन नहुनेमा पार्टी सचेत रहेको बताए ।
रायमाझी गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका प्रभावशाली नेतृ पुष्पा भुसाललाई पराजित गरेका थिए । तर पछिल्लो पपटक नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै करौडौं रुपैयाँ रकम उठाएर ठगी गरेको भनिएको प्रकरणमा संलग्नता देखिएको भन्दै प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर पक्राउको तयारी गरिरहेको बेला गत बुधबार साँझबाट गायब छन् । सोही प्रकरणमा उनका छोरा सन्दीपसहित १२ जना पक्राउ परिसकेका छन् ।
आज बिहान मात्र नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका स्वकीय सचिव नरेन्द्र केसी काठमाडौंबाट पक्राउ परेका छन् । उनीहरुलाई आजै म्याद थपका लागि अदालतमा पेस गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार