नक्कली शरणार्थी प्रकरणका दोषीलाई नछाड्न सांसदको माग
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १४:१५:१४
२७ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले नेपालीलाई नक्कली शरणार्थी बनाएर ठगी गर्ने गिरोहमा सम्लग्न भएका कुनै पनि दलका नेतालाई नछोड्न सरकारलाई दवाव दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्ने अधिकांश सांसदले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोसँग जोडिएका कुनै पनि व्यक्तिमाथिको कारवाही नरोक्न उनीहरुले चेतावनी पनि दिएका छन् ।
बैठकमा बौल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दबाव र प्रभाव पर्न नहुने बताए । उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने बताए ।
यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभवित नहोस्, कुनै दबावले प्रभावित नहोस्, उनले भने । अनुसन्धान स्वच्छ र स्वस्थ हुनुपर्ने भन्दै महामन्त्री थापाले सरकारले यो प्रकरणमा दह्रोसँग खुट्टा टेक्नुपर्ने बताए ।
थापाले भने, ‘मेरो आग्रह छ, अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस् । एउटा पनि नछुटास । यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ, तपाईको फिल्म चल्छ, हाउसफुल हुन्छ, नभए हल खाली हुन्छ ।’
यस्तै बुधबार बैठकमा प्रिबजेट छलफलमा भाग लिँदै एमालेका उपमहाचिव पृथ्वीसुब्बा गुरुङले मंगलबार आफ्नो पार्टीले रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जानकारी गरा । ‘विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक जुन खालको अनुसन्धान र छानबिन भइरहेको छ । यसमा हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौं, तपाई यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस’ गुरुङले भने ।
भ्रष्टाचारका मुद्दाहरुको अनुसन्धान गर्ने सरकारको कार्यमा आफ्नो पार्टीको समर्थन रहने उपमहासचिव गुरुङले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले जुन खालको अनुसन्धान सुरु गरेको छ यसमा सरकारले तलमाथि गर्न नहुने उनको भनाइ छ । दोषीहरु कोही नछुटुन् र निर्दोष व्यक्ति कोही पनि नपरुन् भन्ने अभियानमा एमाले यो सरकारको काममा सहयोग र समर्थन गर्न तयार रहेको उनले बताए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको वास्तविक अवस्था सदनलाई जानकारी गराउन माग गरे । अध्यक्ष लिङ्देनले यस्तो जघन्य अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नमिल्ने बताए ।
उनले भने, ‘अहिले नक्कली भुटानी शरणार्थीको नाममा जुन काण्ड भएको छ, जुन चर्चा भइरहेको छ, त्यो केवल आर्थिक भ्रष्टाचारमात्रै होइन, त्यो ठगी राज्यविरुद्धको अपराध, संगठित अपराध र सरकारी कागजी किर्तेसम्बन्धी अपराध हो, यो जघन्य अपराध हो । यसमा संलग्न कसैलाई पनि छुट दिने कल्पना नगरौँ । यस्तो कार्यमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन मिल्दैन ।’
उनले सरकारले सो प्रकरणका विषयमा नागरिकलाई स्पष्ट पार्न नसक्दा सरकारको नियत र शीर्ष नेताहरूको भेटघाटलाई समेत शंकाको नजरले हेर्न थालिएको बताए । शीर्ष नेताहरूको बैठकलाई समेत जनताले आशंकाको दृष्टिकोणले हेरिरहेको उनले बताए । त्यसअघि राप्रपाले समसामयिक विषयमा बोल्न माग गर्दै बैठकमा अवरोध पुर्याएको थियो । राप्रपाले नाराबाजी गरेपछि सभामुखले बैठक नै स्थगित गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार