खाँण समातिएपछि तीन दलका शीर्ष नेताबीच छलफल सुरु
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १४:३७:११
२७ बैशाख, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको विषयमा भइरहेको अनुसन्धान प्रक्रियाबारे छलफल गर्न प्रमुख दलका तीन शीर्ष नेता छलफलमा जुटेका छन् । केहीबेर अघि देखि उनीहरुबीच छलफल चलिरहको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको भन्दै कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई प्रहरीले बुधबार उनकै निवासबाट पक्राउ गरेपछि तीन नेता जुटेका हुन् ।
यस्तै एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर, गत वैशाख २० गतेयता उनी फरार छन् । उनलाई एमालेले निलम्न गरिसकेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काममा कांग्रेस र एमालेसहितका नेताहरु पक्राउ पर्न थालेपछि अहिले शीर्ष तीन नेता छलफलमा जुटेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार