फरार रायमाझीले सभामुखलाई पठाए बिरामी भएको पत्र
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १५:१४:४४
२७ बैशाख, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका एमाले सांसद टोपबहादुर रायमाझीले संसद सचिवलयलाई बिरामी परेको पत्र पठाएका छन् । संघीय संसद सचिवालयले रायमाझीले बिरामी भएको पत्र पठाएको र सभामुखलाई जानकारी गराइएको बताएको छ ।
बिना सूचना प्रतिनिधिसभाको १० वटा बैठकमा अनुपस्थित भए सांसद पद जाने व्यवस्था रहेका कारण उनले संसद सचिवलयमार्फत सभामुखलाई जानकारी गराएका हुन् । एमाले केन्द्रीय सचिव समेत रहेका रायमाझीलाई पार्टीले बुधबारै पदबाट निलम्बन गरेको छ ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार रहेका छन् । गत बुधबार रायमाझीलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । रायमाझी कहाँ छन् भन्ने बारेमा प्रहरीले भने हालसम्म पत्ता लगाउन सकेको छैन । उनी भारतमा रहेको आशंका गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित तीन जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार