भेटघाट वा छलफलले नक्कली भुटानी शरणार्थी प्रकरण सामसुम नहोस् ः महामन्त्री थापा
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १५:३८:२५
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी छानबिन प्रकरण नेताहरुको भेटघाट र छलफलले सामसुम हुन नहुने बताएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताए । प्रकरणमा संलग्न जुनसुकै दलको जुनसुकै ओहोदाको व्यक्ति भएपनि कारबाही हुनुपर्ने बताउँदै बजारको हल्लाले अनुसन्धान प्रभावित हुनुनहुने बताए ।
‘‘कुनै दबाबले प्रभावित नहोस् । कुनै प्रभावले कहीँबाट प्रभावित नहोस् । मेरो आग्रह छ, अनुसन्धान फ्रि र फेयर होस् । निर्दोष कोही पनि नपरोस् । तर दोषी छ भने नेता होस् कि, नाता होस् । एउटा पनि नछुटोस्’ उनले भने ।
प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेकेर नागरिकलाई विश्वास लाग्ने ढंगले टुंगोमा पुर्याउन सके सुशासनको नारा साकार हुने बताए । उनले भने ‘तपाईको फिल्म चल्छ । हाउसफुल हुन्छ । नभए हल खालि हुन्छ । सबैले हेरेको छ, यहाँ अनुसन्धान गरे भनेर मात्र हुँदैन अब । विश्वास लाग्नुपर्छ । नागरिकलाई फ्रि र फेयर भयो भन्ने विश्वास लाग्नुपर्छ ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार