कांग्रेसका नेताहरुले गृहमन्त्री श्रेष्ठलाई भेटेर दिए बधाई
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १६:६:२४
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेताहरूले बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली शरणार्थी बनाएर ठगी गर्ने गिरोहसँग सम्लग्न रहेको आरोपमा दलका नेता र उच्च कर्मचारीलाई हिरातमा लिएर कारवाही सुरु गरेकोमा बधाइ दिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै दलका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेकै दिन उनीहरू गएर गृहमन्त्री श्रेष्ठलाई भेटेर बधाइ दिएका हुन् । भेटपछि कांग्रेस नेता रञ्जित कर्ण आफूहरुले गृहमन्त्रीलाई बधाई तथा शुभकामना र अनुसन्धानलाई अन्तिम रुप दिन पनि अनुरोध गरेको नेपालबहसलाई जानकारी दिए । आफूहरूले कुनै दबाब र प्रभावमा नपर्न पनि गृहमन्त्रीलाई आग्रह गरेको उनले बताए ।
जवाफमा गृहमन्त्री श्रेष्ठले आफूलाई कुनै पनि दबाब नआएको भन्दै दोषीलाई कारबाही गरिछाड्ने बचन दिएको थिए । गृहमन्त्री भेट्न कांग्रेस नेताहरू कर्णसहित गुरुराज घिमिरे, गोविन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्यलगायत पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार