ठगीका आरोपी पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राखिने
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १७:१:५६
२७ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाई सर्वसाधारणसँग ठगी गरेको आरोपमा आज बिहान पक्राउ परेका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले ४ दिन म्याद पाएको छ ।
निवासबाट पक्राउ गरी अनुसन्धान गर्नका लागि अनुमति लिन बुधबार दिउँसो उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेस गरेको हो । प्रकरणमा अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको महान्यायाधिवक्ता दीनमणि पोखरेलले बताए ।
खाणसँग जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान अधिकृतले लामो बयान लिएका छन् । प्रहरीले खाँणको स्वास्थ्य परीक्षण समेत गराएको छ । प्रकरणमा आजै पक्राउ परेका खाँणका सहयोगी नरेन्द्र केसीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ ।
प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् । अन्य फरार ३ जनामध्ये एमाले सांसद टाेपबहादुर रायमाझीले आजै आत्मसमर्पण गर्ने चर्चा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभन्सार छलेर सामान ल्याउने पिकअप भ्यानसहित चालक पक्राउ
पुष १८, २०८१ बिहिबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार