विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १७:५:११
२७ वैशाख, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका(३ शान्ति मार्ग बस्ने ६५ वर्षीया फुलमाया लिम्बू राईलाई अवैध लागुऔषध गाँजा १७ केजीसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी बेलडाँगी र सशस्त्र प्रहरी बल वेलडागीबाट खटिएको संयुक्त टोलीले उनको घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
सिरहाको धनगढीमाई नगरपालिका-१० जिरोमाईलबाट अवैध लागुऔषध गाँजा २ केजीसहित सुखिपुर नगरपालिका(८ बजार बस्ने ४० वर्षीय पहलाद राय अमातलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनगढीमाईबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको लम्कीचुहा नगरपालिका-९ बनबसाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित भजनी नगरपालिका(३ ढुषी बस्ने २२ वर्षीय रन्जित पौडेलसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका-६ रिछाहबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्राम र सानो तराजु १ थानसहित बेलौरी नगरपालिका-३ खिरिया बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८४ मिलिग्रामसहित झापा मेची नगरपालिका-१ बस्ने २९ वर्षीय आशिष सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार