नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा हस्तक्षेप नगर्न माग गर्दै काठमाडौंमा प्रदर्शन
‘नक्कली भुटानी शरणार्थी काण्ड सक्कली तरिकाले छानबिन होस्’
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १७:२६:२०
७ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमाथिकमो छानबिन नरोक्न र प्रकरणका दोषी सबैलाई कानुनी दायरामा ल्याउन माग गर्दै दबाबस्वरुप नागरिक अगुवा तथा पेशाकर्मीहरुले काठमाडौंमा बुधबार प्रदर्शन गरेका छन् । बृहत् नागरिक आन्दोलनको ब्यानरमा उनीहरुले खबरदारी सहित स्व:स्फूर्त प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले ‘नक्कली भुटानी शरणार्थीको काण्डको सक्कली छानबिन होस्, ‘खोई कर भ्रष्टाचारको पेटमा’, ‘मानव तस्करीको दश हात, टोपबहादुरलाई ओलीको साथ’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरे ।
प्रदर्शनपछि विरोधसभा आयोजना गरिएको थियो । सभालाई सम्बोधन गर्दै डा. गोविन्द केसीले नक्कली शरणार्थी प्रकरणमा मुछिएका सबैलाई कारवाही गर्नुपर्ने, राजनीतिक दबाब र पहुँचका आधारमा दोषीले उन्मुक्ति पाउन नहुने बताए । राजनीतिक नेतृत्वको दबावमा नझुक्न प्रहरीलाई आग्रह गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमाथि अनुसन्धानमा नेपाली कांग्रेस र नेकपा एमालेका उच्च तहका नेताहरू तानिएका छन् । यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता र छलफल जारी राखेपछि नागरिक अगुवाहरु छानिबन प्रभावित हुन नदिने उद्देश्यले प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा पेशाकर्मी, अधिकारकर्मी, राजनीतिज्ञ, चिकित्सक तथा वृद्ध, महिलाहरु ठूलो संख्यामा सहभागी थिए । उनीहरूले ‘नक्कली भुटानी शरणार्थी काण्ड सक्कली तरिकाले छानबिन होस्’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
दबाब र पहुँचका कारण छानबिन रोकिने र सामसुम पार्ने काम भएमा कडा संघर्ष घोषणा गरेर अगाडि बढ्ने प्रदर्शनकारीहरुले बताए । प्रकरणको अनुसन्धानका क्रममा हालसम्म प्रहरीले कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १ जनालाई पक्राउ गरिसकेको छ ।
एमालेका संसद टोपबहादुर रायमाझीसहित ३ जना फरार छन् । एमालेका केन्द्रीय सचिव समेत रहेका फरार रायमाझीलाई एमालेले आजै मात्र सचिवबाट निलम्बन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार