नक्कली भुटानी शरणार्थी प्रकरण मानव तस्करी भएकाे एकीकृत समाजवादीकाे निष्कर्ष
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १८:२१:७
२७ वेशाख, काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरण मानव तस्करी भएको निष्कर्ष निकालेको छ ।
बुधबार बसेको पार्टीको सचिवालय बैठकले कुनै दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कारबाही प्रक्रिया कमजोर नतुल्याउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने र त्यसनिम्ति पैसा असुलेको घटना आर्थिक अनियमिततामात्रै नभएर मानव तस्करी भएको निष्कर्ष निकालेको महासचिव घनश्याम भुसालले जानकारी दिए । विगतका यस्तै प्रकृतिका घटनाहरु भएका र यो पटक पनि प्रकरणमाथि अनुसन्धानलाई नाजायज प्रभाव पार्ने किसिमका ‘दौडधुप’ समेत सुरु भएको भन्दै त्यसबाट अनुसन्धान प्रभावित हुन नदिने पार्टीले खबरदारी गर्ने उनले बताएका छन् ।
‘विगतमा यस्ता कैयन् घटनाहरू स्थार्थ समूहका दबाबका कारणले ढाकछोप भएका छन् । तसर्थ, कुनै पनि शक्तिले कुनै पनि बहानामा पार्ने कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कार्यवाही प्रक्रिया कमजोर हुन नजाओस्’ भुसालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणलाई प्रभावित हुन नदिन र टुंगोमा पुर्याई दोषीलाई कारवाहीको दायरामा उपुर्याने काममा सहयोगका लागि क्रियाशील हुन पार्टी पंक्तिलाई निर्देशन दिएको जनाइएको छ ।
एकीकृत समाजवादीका सांसदहरुले संसद बैठकमा नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत अनुसन्धानमा ल्याउन माग गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार