आगोले जलेर एकै घरका चारको मृत्युपछि सिङ्गो गाउँ नै शोकमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १८:४३:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/aago-la-polako_LwIcaeCBew_NjZ5ABSiQg.jpg)
२७ वैशाख, अर्घाखाँची । आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भूमिकास्थान नगरपालिका–२ ढाकाबाँगमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ नै शोकमा डुबेको हो ।
कोरियाबाट रोजगारी गरेर घरमा आएका ३६ वर्षीय माधव बेल्वासे घर नजिकै लागेको निभाउन जानुभयो । आगो निभाउने क्रममा घाइते माधवको उपचारका सिलसिलामा काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । उनको मृत्यु भएपछि घरमा रहेका २६ वर्षीया श्रीमती राधा बेल्वासे र नाबालक दुई छोराको बिचल्ली भएको छ । छोरा अढाइ वर्ष र एक वर्षका छन् । कमाउने र केही गर्ने छोरा गयो ६८ वर्षीया आमा गिरी बेल्वासेले भक्कानिँदै भन्नुभयो, “साना छोरा र बुहारीको यो अवस्था हाम्रो त विचल्ली भयो ।”
मंगलबार दिउँसो भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम बेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।
घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको थियोे । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौं पठाइएकामा उपचारका लागि लैजाँदै गर्दा बाटोमा तथा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालको भनाइ छ ।
आगलागीमा परी घाइते भएका भूमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पीताम्बर बेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पद्म बेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम बेल्वासेको काठमाडौँ कीर्तिपुरको बर्न अस्पतालमा पुगेपछि र ३६ वर्षीय माधवको उपचारका क्रममा मृत्युु भएको उपचारमा संलग्न स्थानीय विष्णु बेल्वासेले बताए।
आगलागीमा परेर घाइते भएकी २६ वर्षीय अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ । आगलागीले ज्यान गुमाएका घरपरिवारमा रहेका आफन्तलाई भेटेर घटनाबारे प्रमुख जिल्ला अधिकारी मिना अर्याल लगायतको टिमले जानकारी लिनुका साथै राहतसमेत प्रदान गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको जिल्लास्तरीय सुरक्षा प्रमुखको टोलीले घटनास्थलमा गएर आगलागीको प्रकृति, मृतकका परिवारको अवस्था र आगो लाग्नुका कारणबारे जानकारी लिएको छ । आगलागीमा परेर ज्यान गुमाएका चार जनाको परिवारलाई तत्कालका लागि रु ५० हजारका दरले राहत पनि प्रदान गरिएको प्रजिअ मीना अर्यालले बताए ।
प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखलाई स्थानीयले आगो लगाउने व्यक्तिलाई पक्रिएर कारबाही गर्न माग गरेका छन् । मंगललबार नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर जोगिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
टिपर दुर्घटनामा परी चालकको मृत्यु
फागुन ३, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार