बजेट कस्तो: प्रदेश र स्थानीय तहको बजेट काटेर अर्थतन्त्र सक्रिय बनाउन सम्भव छ र ?
भेषराज पोखरेल
बैशाख २७, २०८० बुधबार १९:३१:३०
बजेट अधिवेशन सुरु भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरेका छन् । विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा सांसदहरुले आफ्ना सुझाव दिएका छन् । प्रायः सबैले साधारण खर्चमा कटौती गर्नुपर्ने तथा विकास बजेट खर्च गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । पछिल्लो समय नेपालको अर्थतन्त्र खस्किँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । अर्थतन्त्र खस्कँदै गएर राज्यले उठाउने राजश्वले सरकारी खर्च धान्न कठिन पर्न गएको छ । निजी क्षेत्र सर्वाधिक रुपमा कमजोर अवस्थामा पुगेको छ । सरकार सामाजिक सुरक्षा भत्ता नदिने तथा प्रदेश र स्थानीय तहमा जाने बजेट कटौती गर्ने अवस्थामा पुगेको छ ।
यस्तो अवस्था एकातिर छ भने अर्कातिर सरकारले खर्च बढाउने निर्णय पनि गर्दै छ । तत्कालीन माओवादीका अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय गरिएको छ । प्रदेश सरकारले महँगा गाडी खरिद गर्ने कार्य रोकिने अवस्था छैन । स्थानीय तहले बजेट गाडी खरिदमा खर्च गर्ने, अनावश्यक योजनामा रकम खर्च गर्ने प्रवृत्ति रोकिएको छैन । यस्तो विरोधाभास अवस्थामा ल्याउने बजेट सामान्य टालटुल गर्ने खालको नभएर आमूल परिवर्तन गर्ने खालको ल्याउनुपर्ने देखिन्छ । अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्ने बजेटले यी सबै अवस्थालाई ख्याल गरेर अर्थतन्त्रलाई गति प्रदान गर्ला ? सबैका आँखा त्यतैतिर सोझिएका छन् ।
अर्थतन्त्रको अवस्थालाई हेर्ने हो भने बाह्य पक्षमा केही सुधार भएको देखिन्छ तर आन्तरिक अवस्था भने कहाली लाग्दो छ । विदेशी मुद्रा सञ्चिति, शोधानान्तर स्थिति, रेमिट्यान्स जस्ता कुरामा सुधार भएको छ तर आर्थिक वृद्धिदर ऋणात्मक अवस्थामा पुगेको छ । उद्योग क्षेत्र, कृषिदेखि सबै क्षेत्रको आर्थिक वृद्धि दर ऋणात्मक हुने तथ्यांकले स्पष्ट गरेका छन् । यो आर्थिक वर्षमा आर्थिक वृद्धि दर ८ प्रतिशत हुने लक्ष्य राखिएकोमा आर्थिक वर्षको अन्तितिर आउँदै गर्दा २ दशमलव ६ प्रतिशत हुने आँकलन गरिएको छ । आर्थिक वर्षको अन्तिमसम्म वास्तविक आर्थिक वृद्धि २ प्रतिशतबाट पनि तल झर्ने देखिएको छ ।
वैशाख तस्रो सातासम्म आइपुग्दा राजश्व संकलन जम्मा ७ खर्ब ३३ अर्ब उठेको छ भने राज्य सञ्चालनमा १० खर्ब १६ अर्ब खर्च भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढी हुँदा व्यवसाय गर्नेहरुले ऋण लिन सकेका छैनन् । मौद्रिक नीतिले यो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी गत आर्थिक वर्षको भन्दा १२ दशमलव ६ प्रतिशतले बढाउने लक्ष्य राखेकोमा जम्मा २ दशमलव ८ प्रतिशतले मात्रै ऋण लगानीमा वृद्धि भएको छ । यो अवस्थाले अर्थतन्त्र संकुचनतिर गएको देखाएको छ । यो अवस्थाबाट देशलाई पार उतार्न बजेटले विशेष ध्यान दिनु आवश्यक छ ।
अहिले विश्व अर्थतन्त्र नै खुम्चिने अवस्थामा आएको छ । नेपालको न्यून पूर्वाधारको विकास, औद्योगिकीकरणको कमजोर अवस्था र जनताको जीवनस्तर कमजोर रहेको अवस्थामा अर्थतन्त्र खुम्चनु दुःखद हो । अहिलेको अवस्था विश्व परिवेशले ल्याएर मात्रै भएको होइन । अर्थतन्त्रको बाह्य अवस्था सामान्य छ तर आन्तरिक अवस्था खस्कँदै जानुमा पहिलेदेखि गलत खालको अर्थनीति अवलम्बन गरिने, कमजोर बजेट बनाउने, कार्यान्वयन नगर्ने, योजना पनि मन्त्री र नेताको प्रभावमा छनोट गर्ने, समयमा योजनाको ठेक्का नदिने, योजनाको बजेट समयमा सम्बन्धित ठाउँमा नपठाउने, बजेट खर्चको अख्तियारी नदिने, भुक्तानी समयमा नगर्ने, अनुगमन नगर्ने जस्ता कारणले अर्थतन्त्रको अहिलेको अवस्था आएको हो ।
अहिले पनि सरकारले सामाजिक सुरक्षा भत्ता रोक्ने, स्थानीय तह तथा प्रदेशको बजेट रोक्ने नीति लिँदैछ । यसले अर्थतन्त्रलाई फैलाउन सहयोग नगरेर खुम्च्याउने नै छ । अहिले सरकारले सकिएका योजना तथा सम्झौता अनुसार भुक्तानी गर्नुपर्ने ठूलो रकम भुक्तानी गर्न बाँकी छ । अर्थतन्त्र सक्रिय बनाउन पैसा छैन भनेर यस्ता कुरालाई रोकेर बस्ने हो भने अर्थतन्त्र अझ खुम्चिन्छ । सरकारले राष्ट्र बैंकबाट ओभरड्राप्ट लिएर भए पनि भुक्तानी गर्नु पर्छ । यसले अर्थतन्त्रलाई सक्रिय बनाउँछ । अर्थविद्हरूले त्यसै भनिरहेका छन् ।
अर्थतन्त्रलाई विशेष रुपमा सक्रिय बनाउन सबै राज्य संयन्त्र लाग्नुपर्नेमा राष्ट्र बैकका गभर्नर र अर्थमन्त्रीका भनाइ पनि फरक–फरकं आइरहेका छन् । अर्थमन्त्रीले अर्थतन्त्रको समस्या अहिले अगाडि सारिएको मौद्रिक नीति नै हो, त्यसलाई खुकुलो बनाएर अर्थतन्त्र सुधार्ने बताइरहेका छन् । उता गभर्नरले भने त्यही मौद्रिक नीतिका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको बताएका छन् । उनले अर्थतन्त्रमा समस्या आउनुको कारण सरकारी वित्त नीति भएको बताएका छन् ।
अर्थतन्त्रलाई गति दिन नीति निर्माण र कार्यान्वयन क्षेत्रको बागडोर सम्हालेकाले आफ्नो कमजोरी छोप्ने र अर्काको कमजोरी उजागर गर्न कस्सिनु राम्रो कुरा होइन । केन्द्रीय बैंकले जारी गर्ने मौद्रिक नीति र अर्थमन्त्रीले अगाडि सार्ने वित्तीय नीति समन्वय रुपमा अगाडि नबढे अर्थतन्त्र सन्तुलित रुपमा अगाडि बढ्न सक्दैन । मौद्रिक नीति कसिलो भयो भने पनि निजी क्षेत्र हतोत्साहित हुन्छ, लगानी हुन सक्दैन । पूरै रुपमा खुकुलो भए अनेक प्रकारका आर्थिक समस्या उत्पन्न हुन्छन् ।
अराजक अवस्था सिर्जना हुन्छ । अर्को, वित्तीय नीतिमा पनि कमजोरी भयो, बजेट कार्यान्वयन भएन, सरकारी खर्च कटौती, कार्यान्वयन हुन नसक्ने र आवश्यकता नभएका आयोजनामा बजेट विनियोजन, सरकारी कार्यालयले महँगा गाडी खरिद गर्ने जस्ता कार्य रोक्न नसक्ने हो भने वित्तीय संकट उत्पन्न हुन्छ । तसर्थ यी कुरामा जिम्मेवार व्यक्ति गम्भीर हुनु अति आवश्यक छ । अर्थमन्त्रीले परम्परागत कार्य पद्धतिलाई बदलेर अगाडि बढ्ने हो भने अवश्य केही हुन्छ नभएर सामान्य परिवर्तनले अर्थतन्त्रले काँचुली फेर्न कठिन छ । अर्थमन्त्री कसरी अगाडि बढ्ने हुन् हेर्न अलि समय पर्ख नै पर्छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार