राज्यबाट सुविधा लिने धन्दा नै चलाइयो : अध्यक्ष ओली
‘सरकारले दाम्लो किन्दा भैंसी उपाहारको अवस्था बनायो’
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १२:२५:२६
२८ वैशाख, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राज्यबाट सुविधा लिने काम धन्दाको रुपमा फस्टाएको आरोप लगाएका छन् ।
ललितपुरको च्यासलमा शुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै अहिले सरकारले परिवर्तनका लागि योगदान दिएको निहुँमा बहिर्गमित लडाकूलाई राज्यको ढिकुटीबाट नगद वितरण गर्न खोजेको आरोप लगाएका हुन् ।
उनले आफूलाई पञ्चायतकाल विस्थापनमा लागि लामो समय जेल बसेको र योगदानको कदर गर्दै तत्कालीन सरकारले दिएको ७ हजार रुपैयाँ राज्यलाई फिर्ता गरेको स्मरण समेत गराए । ‘पञ्चायतविरुद्ध सशक्त रुपमा विरोध र योगदान गरेको कदरस्वरुप तत्कालीन राज्यले दिएको ७५ हजार राज्यलाई फिर्ता गरेको थिएँ’ उनले भने । आफूले पैसा लिएपछि धेरै गलत र अनधिकृत व्यक्तिलाई लाखौं रुपैयाँ वितरण गरेको पाइएपछि इज्जतकै लागि पैसा फिर्ता गरिएको उनको भनाइ थियो ।
उनले माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार बनेको फाइदा रुपमा लडाकुलाई पैसा बाँड्ने कामलाई अगाडि बढाइएको आरोप लगाए । ‘माओवादी केन्द्रले सरकार पाउँदा पाडो किन्दा भैसी उपहार होइन कि दाम्लो किन्दा भैंसी उपहार बनायो’ उनले भने ।
सरकारले अहिले लडाकुको नाममा जनही २ लाख रुपैयाँ दिने र त्यसबाट धेरै रकम पार्टीले लिने कुत्सित योजनाअनुरुप पैसा बाँडन लागिएको गम्भीर आरोप उनले लगाए । विरोधका बाबजुद सरकारले जबर्जस्त वितरण गरिए अख्तियारले अनुसन्धान गर्नुुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार