केन्द्रीय समिति बैठकमा ओलीले भने– ‘टाेपबहादुरलाई प्रहरीमा हाजिर हुनुस्, कानुनको सामना गर्नुस् भनेको छु’
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १३:१२:३६
२८ वैशाख, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित पार्टी सचिव टोपबहादुर रायमाझीलाई प्रहरीमा हाजिर भएर कानुनको सामना गर्न तयार हुनुपर्ने बताएका छन् ।
ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा सहभागीहरूलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीको धारणाबारे स्पष्ट पार्दै यस्तो बताएका हुन् ।
प्रकरणमा मुछिएपछि प्रहरीले पक्राउको लागि तयारी गरिरहकै बखत गएको बुधबार साँझबाट अर्घाखाँचीबाट फरार भएका पार्टी सांसद समेत रहेका रायमाझीका कारण पार्टीमाथि नै नैतिकताको गम्भीर प्रश्नचिन्ह उठेको भन्दै आलोचना भइरहेको स्वीकार्दै अध्यक्ष ओलीले एमाले सधैं कानुन र विधिको शासनको पक्ष रहेको बताए । सो क्रममा उनले प्रमुख प्रतिपक्षी एमालेका नेता रायमाझीको हकमा पक्राउ पुर्जी जारी गरेर हल्लाखल्ला गर्नुको कारण आफूले नबुझेको उनले बताए ।
अरू ठूला नेतालाई चाहिँ ठाउँका ठाउँ जरुरी पुर्जी भए पुग्ने, टोपबहादुर जीको हकमा किन हल्लीखल्ली ? उनले प्रश्न गरे, ‘पैसोको बिटो बुझ्नेलाई चाहिँ अदालतबाट पक्राउ पुर्जी जारी गराएर हल्ला चलाउनु नपर्ने ?’ नक्कल भुटानी शरणार्थी प्रकरणमा उनले पैसा उठाउने सरह उठाउनेबाट पैसा बुझ्नेहरूलाई खोजी र पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने उनले बताए ।
अध्यक्ष ओलीले फरार भएपछि रायमाझीका निकटबाट आफूलाई फोन आएको र उसलाई प्रहरीमा हाजिर भएर कानुनको सामना गर्न भनेको बैठकमा जानकारी गराए । त्यसपछि आफूले राज्य स्रोतबाट बुधबार बेलुका प्रहरीमा हाजिर हुने कुरा थाहा पाएको तर त्यो आजसम्म पनि नभएको कुरा थाहा हुन आएको बताए ।
उनले पक्राउ पुर्जी जारी भएपछि टोपबहादुरले फोन गरेको र फोनमा प्रकरणमा आफ्नो कुनै किसिमका संलग्नता नरहेको भन्दै प्रहरीमा उपस्थित हुने कुरा गरे पनि व्यवहारमा भागेको देखिएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार