फरार रहेका टोपबहादुरसँग ओलीले गरे कुराकानी
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १३:५७:२१
२८ वैशाख, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सांसद टोपबहादुर रायमाझीले फरार रहेकै समयमा फोन गरेको खुलेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यालसमा जारी केन्द्रीय समितिको बैठकमा प्रकरणमा नेता रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको अवस्थाबारे जानकारी गराउँदै पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई सचिवको जिम्मेवारीबाट हटाएको जानकारी समेत गराए ।
सोही क्रममा अध्यक्ष ओलीले भने, ‘फरार रहेकै अवस्थामा उनका निकटस्थले आफूलाई के गरौं भन्नुभएको छ भनेर सोधे, त्यसमा मैले अस्ति भनेजस्तो गर्नुभएन, पार्टीको निर्णय त सुन्नुभएकै होला । प्रहरीमा गएर कानूनको सामना गर्नुस् भन्दिनु, पार्टीको लाइन यही छ भनेको छु ।’ त्यसरी आएको फोन नम्बर भने आफूले नराखेको बताए ।
उनले नक्कली शरणार्थी बनेर साढे ३ सय जना अमेरिका पुगेको बताउँदै त्यो विषयमा पनि छानबिन हुनुपर्ने बताए । आफू प्रधानमन्त्री रहेको बेला नेपालभित्र बाँकी रहेका भुटानी शरणार्थीबारे अध्ययन गर्न समिति गठन भएको कुरा आफूलाई थाहा नभएको उनले जिकिर गरे ।
‘मन्त्री स्तरीयबाट अध्ययन समिति गठन भएको अहिले थाहा पाउँदैछु’ उनले बैठकमा भने, ‘सन् २०१७ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीको हैसियतमा मलाई पनि बोलाइएको थियो, त्यसमा शरणार्थी समस्या कसरी टुंग्याउने भन्ने विषयमा मैले पहिलो त बाँकी शरणार्थीलाई भुटान नै फिर्ताका पहल गर्ने, दोस्रो देशमा पठाउने र तेस्रो, त्यो हुन सकेन भने नेपालले नै केही स्थानमा खेती किसानी गर्ने वातावरण बनाउने हुन सक्ला भनेको थिएँ ।’
त्यसपछि समिति बनेको विषयमा आफूलाइै थाहा नभएको प्रष्टिकरण दिए । उनले त्यसको केही समयअघि ३ सयदेखि साढे ३ सय जना नेपालीलाई शरणार्थी केही गिरोहले बनाएर अमेरिका उडाइसकेको जानकारी प्रमाणसहित आफूसम्म आइपुगेको बताए । बैठक जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार