ओलीले किन गरे अमरेशकुमारको बचाउ ?
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १५:५:१३
२८ वैशाख, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अवैध तरिकाबाट अकुत सम्पत्ति अनुसन्धानका लागि अख्तियारमा उजुरी परेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहको बचाउ गरेका छन् ।
अध्यक्ष ओलीले आफ्नै पार्टीको केन्द्रीय समितिको बैठकमा बिहीबार बैठकमा सहभागीहरुलाई मुलुकको समसामयिक राजनीति र घटनाक्रमबारे धारणा राख्दै सांसद सिंहको बचाउ गरेका हुन् ।
उनले सरकारले नक्कली भुटानी शरणार्थीका असली पात्रलाई बचाउने खोजेको र पूर्वलडाकुलाई राज्यको ढिकुटीबाट पैसा बाँडन खोजेको भनेर विरोध गरेकै कारण सिंहविरुद्ध अख्तियारमा उजुरी परेको व्याख्या बैठकमा गरे ।
अहिलेका सरकार विपक्षी र विरोध गर्नेहरुलाई तह लगाउने तरिकाबाट प्रस्तुत भइरहेको टिप्पणी गरे । ‘अमरेशकुमारको सम्पत्तिको के कुरा गर्ने, के छानबिन गर्ने ? बरु अख्तियारले लडाकु शिविरमा भएका घोटलामाथि छानबिन सुरु गर्नुपर्छ’ उनले भने, ‘अख्तियारले गर्नुपर्ने ठाउँमा चाहिं केही नगर्ने, नगर्नुपर्ने विषयमा आँखा लगाउने, यो कस्तो निकाय हो खुट्टा कमाउने ?’
सर्लाही ४ बाट स्वतन्त्र निर्वाचित सांसद सिंहले आइतबारबाट सुरु भएको बजेट अधिवेशन अन्तर्गतको प्रतिनिधिसभा बैठकमा लगातार ३ दिनसम्म सरकार भ्रष्टाचारी जोगाउन र लडाकुलाई पैसा बाँडन कार्यविधि बनाएको भन्दै विरोध जनाएका थिए । तेस्रो बैठकमा सिंहले आफूलाइ बोल्न समय नदिएको भन्दै बैठक हलमै शरीरको लुगा फुकालेर अर्धनग्न बनेका थिए ।
तत्कालीन माओवादी लडाकुलाई पैसा दिन नहुने पक्षमा ओली र सिंह एकै ठाउँमा उभिएका छन् । यद्यपि हलमा भने सिंह सत्ता पक्ष र ओली विपक्षी कुर्सीमा बसेका छन् । सोही दिन सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सम्पत्ति छानबिनका लागि उजुरी परेको थियो ।
कांग्रेसका नेता समेत रहेका उनी निर्वाचनमा पार्टीले टिकट नदिएपछि पार्टी त्याग गरी स्वतन्त्र उठेर चुनाव लडेका थिए । जारी संसदमा कांग्रेस पहिलो र एमाले दोस्रो दल रहेकामा पछिल्लो समयमा कांग्रेस र एमालेबीच तिक्तता झनै बढेको अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार