नक्कली शरणार्थी प्रकरण सतहमा आएकोप्रति ओली असन्तुष्ट, राजनीतिक फण्डा भएको दावी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १५:२१:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/uml-cc-meeting-4-1152023082246-1000x0_bCLcdRPUGk_LXlQc62cl4.jpg)
२८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको विषय बाहिर आएकोप्रति असन्तुष्टि देखाएका छन् । उनले यो ठगी प्रकरणलाई विना कारण बाहिर ल्याएको भन्ने आशय व्यक्त गर्न खोजेका छन् । उनले ठगी गर्ने गिरोह र त्यसमा संलग्न भनिएका व्यक्तिहरूमाथि सुरु भएको छानबिनलाई एक राजनीतिक फण्डाको संज्ञा दिएका छन् । एमालेमा भएको व्यक्ति भ्रष्टाचारी हुनसक्दैन भन्ने उनको मूल आशय देखिन्छ ।
बिहीबारदेखि च्यासलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । यो बैठकलाई देशविदेशबाट नियाली रहेका छन् । विशेष गरी अहिले चलिरहेको नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी र यसमा सुरु भएको अनुसन्धानलाई विदेशी राष्ट्रहरूले पनि नियाली रहेका छन् । एमालेको बैठकले यो विषयमा के धारणा बनाउँछ भन्ने आम चासो रहेकै बेला अध्यक्ष ओलीले ल्याउन आवश्यक नै नभएका कुरालाई राजनीतिक फण्डाका लागि ल्याइएको भन्ने आशय व्यक्त हुने भनाइ राखेका छन् ।
सम्बोधनको सुरुमै ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै फाइँफुइँ गर्ने व्यक्तिहरूलाई आफूले चिनेको र धेरै परिणाम आउनेमा आफू आशावादी नरहेको बताएका थिए । सत्य कुरा छानबिन नगरी अहिले राजनीतिक फण्डा गर्न खोजिएको र आफ्ना कार्यकर्ताहरूलाई परिचालन गरेर मेरो भ्रष्टाचार विरुद्ध लडाइँ नयाँ उचाइमा पुगेको भनेर गफ दिन खोजिएको बताए । उनले एमालेलाई प्रतिशोध राखेर वा पूर्वाग्रहपूर्ण ढंगले फसाउने प्रयास भएको बताए । एमालेका कुनै नेता कार्यकर्ता यसमा मुछिए एमाले चुप लागेर नबस्ने उनको भनाइ थियो ।
ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा गत वर्ष जेठमा पक्राउ परेका व्यक्ति किन छोडियो भने प्रश्न पनि उठाएका छन् । उनले कुन व्यक्ति कसरी पक्राउ परेको थियो र किन छाडियो भन्ने नखुलाई भुटानी शरणार्थी प्रकरणबारे आगामी जेठ चार गते संसदमा आफूले बोल्ने बताए । यसका पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको ओलीको भनाइ छ । २२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई भएको भन्दै ओलीले त्यसलाई रोक्न खोज्दा खोज्दै पनि नसकेपछि बल्ल नक्कली शरणार्थीको विषय बाहिर ल्याइएको बताए ।
ओलीले सत्य कुरा छानबिन नगरी अहिले राजनीतिक फण्डा गर्न खोजिएको भन्दै आफ्ना कार्यकर्ताहरूलाई परिचालन गरेर भ्रष्टाचार विरुद्धको लडाइमा विजय प्राप्त गर्न खोजिएको बताए । यो प्रकरणमा अनावश्यक हर्कत अब केही दिन मात्र बाँकी रहने उनको भनाइ छ । ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रति आश्चर्यचकित भएको बताए । सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको भनेर पनि उनले प्रश्न गरे ।
उनले थपे, ‘खास सोझै पैसा समाउनेहरू, पैसा बुझ्नेहरू छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने किन गर्यो होला ? त्यसभित्र केही त नभएको होइन होला नि ? किन त्यस प्रकारको व्यवहार गरियो ?’ तर टोपबहादुर यसरी सम्पर्कविहीन होलान् भनेर आफूले नसोचेको ओलीले बताए । ‘मैले के सोचेको थिइन भने टोपबहादुरजी बाहिर त्यसरी जानुहुन्छ । पछि पो मैले सुने प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो त्यसकारण अदालतमै उपस्थित हुने विचार गरें भनेर उहाँले भन्नुभयो भन्ने मैले सुनें ।’
टोपबहादुरले सुरुमा अनुसन्धानमा सहयोग गर्छु भनेको तर त्यसअनुसार व्यवहार नभएकाले उनलाई अनुसन्धानमा सहयोग गर्न भनिएको ओलीले बताए । उनी निकटका मान्छेले आफूलाई फोन गर्दा आफूले प्रहरीमा उपस्थित भएर सामना गर्नुस् र अनुसन्धानमा सहयोग गर्नुस् भनेको ओलीको भनाइ छ । आरोप लाग्दैमा कसैलाई दोषी भन्न नहुने बताउँदै उनले भने, ‘तर आरोपबाट तर्किने हो भने, भाग्न खोज्ने हो भने सन्देह पैदा हुन्छ । त्यसकारण सच्याइएको सामना गर्नुपर्छ । दोषी भए कारबाही भोग्नुपर्छ । दोषी नभए आत्तिनुपर्दैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ
फागुन ४, २०८१ आइतबार
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
फागुन ३, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार