ओलीको राजनीतिक प्रतिवेदनमा रास्वपालाई ‘पपुलिष्ट’को संज्ञा, स्वार्थी शक्तिकाे रूपमा चित्रण
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १५:३२:३३
२८ वैशाख, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ‘पपुलिष्ट’को संज्ञा दिएका छन् । बैठकमा केन्द्रीय सदस्यलाई दिइएको प्रतिवेदनमा रास्वपालाई लोकरिझ्याइँमा आधारित पार्टी भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।
गत निर्वाचनमा युवा मतदाता, सहरी जनमत र प्रवासी नेपालीहरूमा पपुलिज्म अर्थात लाेकप्रियताले प्रभाव पारेको उनको निष्कर्ष छ । रास्वपालाई लोकप्रिय कमाएको पार्टीको रुपमा चर्चा गरेका उनले सत्तारुढ गठबन्धनमा रहेका दलहरुको भने खेदो खानेका छन् । गठबन्धनकै कारण जनतामा चरम निराश छाएको उनको निचोड प्रस्तुत गर्दै एमालेले मत्र देश र जनताको समस्या गर्न सक्ने ठोकुवा गरेका छन् ।
‘गठबन्धनमा रहेका दलहरूका कारण बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवासायिक क्षेत्रमा देखा परेका संकट, उत्पादन र रोजगारीको क्षेत्र साँघुरिँदै गरेको अवस्था तथा सेवा प्रवाहमा गम्भीर विचलनका कारण समाजमा निराश बढेको छ,’ ओलीकाे १४ पृष्ठ लामाे प्रतिवेदनमा भनिएको छ ।
निराशकै कारण समाजमा पपुलिज्मले स्थान पाउँदै गएको तर यसले मौजुदा समस्या उजागर गर्न सक्ने, प्रश्न खडा गर्न पनि सक्ने तर समाधान भने दिन नसक्ने उल्लेख गरेका छन् ।
‘२०६२र०६३ को परिवर्तन र नेपालको संविधान जारी भएपछि समाजमा देखा परेका आशा र उत्साहलाई गठबन्धन दलका गतिविधिहरूले ठूलो धक्का दिएका छन् । यस स्थितिले सिर्जना गरेको असन्तुष्टिलाई पपुलिज्मले एजेण्डाका रूपमा राम्रैसँग उपयोग गर्न सफल भयो ।’
रास्वपा, नाउपा, जनमत लगायत उदयीमान दलहरुप्रति लक्षित गर्दै प्रतिवेदनमा लेखेका छन्, ‘सही दर्शन र विचारधारा नभएको अर्थ-राजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्ना स्वार्थका लागि कहिले वाम त कहिले दक्षिणपन्थी धारका बीचमा डोलायमान रहने यस्तो शक्ति मुलुकको सही राजनीति विकल्प भने हुन सक्दैन ।’
उनले देशलाई अन्त्यहीन अस्थिरतातिर लैजाने, भ्रष्टाचार, साधन स्रोतको दोहन गर्न चाहने शक्तिले गठबन्धन फुटाएको ओलीको बुझाइ छ।
गएको असारमा संचारकर्मी रबि लामिछानेको नेतृत्वमा गठित रास्वपाले प्रतिनिधिसभाको २७५ सिटमध्ये मंसिर ४ को आम निर्वाचन र वैशाख १० को उपनिर्वाचनबाट गरी २१ सिट हासिल गरेको छ । प्रतिनिधिसभाको तेस्रो दल माओवादी केन्द्रसँग ३२ सिट छन् । प्रतिनिधिसभामा कांग्रेस ८९ र एमाले ७८ सिटसाथ पहिलो र दोस्रो दल बनेका छन् ।
एमालेको केन्द्रीय समितिको बैठक आउँदो शनिबारसम्म चल्नेछ । ओलीको प्रतिवेदनमाथि शुक्रबारबाट छलफल हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ४० जनाको मृत्यु
जेठ ९, २०८१ बुधबार
चेल्सीले प्रशिक्षक पोचेट्टीनोलाई हटायो
जेठ ९, २०८१ बुधबार
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी
जेठ ९, २०८१ बुधबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार