जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर रहने, कर्जामा ब्याज नघट्ने संकेत
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १६:४:४८
२८ वैशाख, काठमाडौं । बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएको छ । वाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स संघको बिहीबार बसको बैठकले बैंशाख महिनाको निक्षेपको ब्याजदर जेठमा कायम राख्ने निर्णय गरेको हो ।
चैत अन्तिम साता बसेको बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झारेको थियो । त्यसयता निक्षेप संकलन केही सुस्ताएको छ । निक्षेप निरुत्साहित हुने संभावना बढेपछि बैंकरहरु ब्याजदर नघटाउने निर्णयमा पुगेका हुन् ।
यसरी निक्षेप ब्याजदर कायमै राख्ने निर्णय गरेर बैंकहरूले कर्जाको ब्याज दर पनि नचलाउने अर्थात नघटाउने संकेत दिएको छ ।
सरकारले भने बैंकहरुको नियमक निकाय नेपाल राष्ट्र बैंकलाई अबको मौद्रिक नीतिको समीक्षबाट बैंकहरुको ब्याज दर घटाउन दबाब दिँदै आएको छ । राष्ट्र बैंकले चालु आवको ते्रस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा यसै हप्ता गर्ने तयारी गरेको छ ।
बैंकहरुले निक्षेपमा दिइने ब्याजदर स्थिर राख्ने भएपछि सरकारले कर्जाको ब्याज दर घटाएर ऋणी उद्योगी–व्यवसायीलाई दिन खोजेको सहुलियतको आश्वसनमा धक्का पुगने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार