ओलीको राजनीतिक प्रतिवेदन : ‘माओवादी केन्द्र अवसरवादी र अस्थिर’
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १६:२६:४८
२८ वैशाख, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आजदेखि ३ दिनसम्म चल्ने केन्द्रीय समिति बैठकमा सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)को चर्को आलोचना गरेका छन् ।
उनले बैठकमा सदस्यहरुलाई वितरित राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्र अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्र बोकेको दल भएको खरो टिप्पणी गरेका हुन् । प्रतिवेदनको बुँदा नम्बर २ मा ‘नयाँ कोर्स निर्माणको प्रयास’ शीर्षकअन्तर्गत समेटिएको धारणामा माओवादी केन्द्र आफैं चरम अवसरवादबाट ग्रष्त र विभिन्न शक्ति केन्द्रहरुको प्रभाव पर्ने गरेको र दक्षिणपन्थी अवसरवादको ओरालो यात्रामा लागेको उल्लेख गरेका छन् ।
उनले २०७८ असारमा सर्वोच्च अदालतबो परमादेशबाट बनेको गलत कोर्सलाई २०७९ पुष १० मा एमाले र माओवादी केन्द्रसहित दलहरुको सहमतिमा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाएको र तर दक्षिणपन्थी अवसरवाद लाग्ने क्रम नरोकिएपछि एमाले–माओवादी केन्द्रसहितको गठबन्धन फुटेको उनको तर्क छ । गएको ६ वर्षमा एमालेमाथि पकपटक धोका भएको उल्लेख गरेका छन् ।
‘सर्वोच्च अदालतको परमादेशलाई सच्याउन पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको बताएका छन्। लाई दक्षिणपन्थी अवसरवादी ओरालो यात्राबाट रोक्न सकिएन,’ प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा ऊ नेपाली कांग्रेससँग समर्पण गर्न पुग्यो। माओवादी केन्द्रबाट प्रदर्शित यस राजनीतिक बेइमानी, चरम अस्थिरता र नांगो अवसरवादले राष्ट्रिय राजनीतिलाई पुरानै विन्दुमा धकेलेको छ ।’
पुष १० मा एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि फागुन २६ मा भएको राष्ट्रपति निर्वाचन कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई माओवादी केन्द्रले मत दिएर विजयी बनाए लगत्तै एमाले सरकारबाट बाहिरिनुपर्ने अवस्था बन्यो र ऊ अहिले प्रमुख प्रतिपक्षमा पुगेको छ । कतिपय राजनीतिक विश्लेषहरुले ओलीको प्रतिवेदन सत्ताच्युत हुँदाको आक्रोश र पीडाको रुपमा टिप्पणी गरेका छन् ।
प्रतिवेदनमाथि भोलिदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने जनाइएको छ । बैठक आगामी शनिबारसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार