उपनिर्वाचनको सन्देश एमालेका लागि घातकः ओली प्रतिवेदन
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १६:४४:२६
२८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनको नतिजाको सन्देश एमालेका लागि हानिकारक भएको बताएका छन् । उनले नतिजालाई चिन्ताजनक विषय भएको उल्लेख गरेका छन् । केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले उपनिर्वाचनको नतिजालाई गम्भीर रुपमा हेर्नु पर्ने उल्लेख गरेका छन् ।
पनिर्वाचनको नतिजाले सत्ता गठबन्धनको विकल्प एमाले हो भन्ने तथ्यमै प्रश्न उठेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा गत वर्ष मंसिरमा सम्पन्न आमनिर्वाचनको तुलनामा पार्टी मत घट्नु र वर्तमान सत्ताको विकल्प नेकपा एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणााम आउनु गम्भीर विषय भएको उल्लेख छ ।
यस्तै गत पुस १० गते निर्माण भएको राजनीतिक समीकरणलाई ‘नयाँ कोर्स निर्माणको प्रयास’ का रूपमा व्याख्या गरेका छन् । ‘निर्वाचनपछिको तरल अवस्थाका बीचबाट मुलुकलाई राजनीतिक स्थिरता, अग्रगमन र समृद्धिको दिशामा लैजानसमेत पहल गर्दै पार्टीले २०७९ पुस १० गते नयाँ राजनीतिक सहकार्यको आधार निर्माण गर्याे,’ अध्यक्ष ओलीले प्रतिवेदनमा भनेका छन्, ‘नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दलको त्यो सहकार्य सकारात्मक थियो र जनचाहना अनुरूपको थियो ।’
ओलीले सो गठबन्धनलाई भत्काएर फेरि पुरानै गठबन्धन स्थापित गर्ने, नेपाललाई अन्त्यहीन अस्थिरतातिर धकेल्न चाहने, भ्रष्टाचार, साधन स्रोतको दोहन र सत्तामा भागबण्डाको वाक्कलाग्दो खेल अझ तीव्र पार्न, लोकतन्त्रलाई कमजोर पार्ने एवं मुलुकलाई शक्ति राष्ट्रहरूको स्वार्थको क्रिडास्थल बनाउन प्रयासरत विभिन्न शक्तिकेन्द्रको चलखेल बढेर गएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।
यस्तो छ प्रतिवेदनको पूर्णपाठः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार