रेशम चौधरीको मुद्दा फिर्तासम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १७:२१:४४
२८ बैशाख, काठमाडौं । सरकारले जेलमा रहेका टिकापुर घटनाका दोषी रेशम चौधारीको रिहाइका लागि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार दर्ता गरेको विधेयकमा टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिन बाटो खोल्ने गरी बुँदा संशोधन गरिएको छ ।
कानूनमन्त्रालयनिकट स्रोतका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ पछि दफा ११६ ‘क’ थप गरिएको हो । जसमा शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रावधान राखिएको छ । जसमा राजनीतिक दल वा समूहबीच राजनीतिक प्रकृतिका सम्झौताको माध्यमबाट सरकारवादी भई दायर भएका मुद्दा फिर्ता लिने गरी सहमति भएकोमा त्यस्ता सम्झौता बमोजिम दल वा समूहका नेता तथा कार्यकर्ताविरुद्ध चलाइएका जुनसुकै तहको मुद्दा अदालतमा विचाराधीन रहेको भएमा फिर्ता लिन बाधा नपर्ने उल्लेख छ ।
यो विधेयकमार्फत हिंसात्मक क्रियाकलाप गरिरहेका राजनीतिक समूहलाई शान्तिपूर्ण राजनीतिमा आउन सरकारसँग सम्झौता गरेको भए नेपाल सरकार वादी भई चलेका मुद्दा फिर्ता लिन मिल्ने गरी कानुन संशोधन गर्न लागिएको हो । यो विधेयकमार्फत सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा एउटा बुँदा थप गरिएको छ । जसमा शान्तिपूर्ण राजनीतिमा आउन सम्झौता गरेका दल वा समूहका नेता कार्यकर्ता विरुद्ध चलेका मुद्दा फिर्ता लिन सक्ने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार