बाबुराम भट्टराईले भने- ‘नागरिकलाई शरणार्थी बनाएर विदेश पठाउनु मानवतस्करी हाे’
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १७:२३:२७
२८ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्य मानव तस्करीको निकृष्टतम् अपराध भएको बताएका छन् ।
उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै काण्डका अपराधी पत्ता लगाएर कारवाही गर्न निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । निष्कर्ष नपुगेसम्म अनुसन्धान नरोक्ने उनले आग्रह गरे । प्रकरणमा सरकारले र प्रहरी प्रशासनले देखाएको अग्रसरताको उनले प्रशंसा गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानव तस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरूले नै निजी लाभका निम्ति राज्य शक्तिको चरम दुरूपयोग गर्नु निकृष्टतम अपराध हो ।’ अनुसन्धानलाइ प्रभावित हुन नदिन आफ्नो पार्टीले निरन्तर खरबदारी गर्ने बताए ।
दाेषीलाई मानव तस्करीकाे मुद्दा पनि चलाउनु पर्ने बताएका छन् । उनले राज्यशक्तिको दुरुपयोगले जनतामा निराश, आक्रोश र विद्रोहभाव बढ्दै गइरहेको औल्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार