क्रिकेट सट्टेबाजीमा ४० करोडको कारोवार भएको आशंकाः एसपी पोखरेल भन्छन, प्रहरी सेटिङ छैन
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १८:३१:३१
२८ वैशाख, विराटनगर । ३१ मार्च २०२३ देखि छिमेकी देश भारतमा सुरु भएको क्रिकेटको इन्डियन प्रिमियर लिग यही २०२३ को २८ मे मा सम्पन्न हुन लाग्दा नेपालमा अवैध मानिएको क्रिकेटको फाट्का खेलले विराटनगरबाट धेरै व्यवसायिक घरानाका युवा व्यापारीलाई पलायन बनाउने निश्चित भएको छ । अबैध जुवाजन्य फाट्का खेलमा विराटनगरबाट मात्रै प्रिमियर लिगको नाममा ३० देखि ४० करोडको कारोवार भएको रहस्य खुल्न पुगेको छ ।
अबैध जुवाजन्य खेल फाट्का मात्र नभई सट्टेबाजीको काम गर्ने व्यक्ति पनि सामेल हुने भनाई स्थानीय व्यवसाय एवं उद्योगीको छ । जुवाजन्य अवैध फाट्का (सट्टेबाजी) को धन्दा चलाउँदै आएका विराटनगरका व्यापारी समुदायका केही युवाहरूले भारतमा जारी रहेको इन्डियन प्रिमियर लिगको क्रिकेटमा यतिका रकमको कारोबार गर्दा पनि मोरङको प्रहरी प्रशासन भने चाल नपाए झैं गरी मौन बसेको आरोप लागेको छ ।
नक्कली भुुटानी शरणर्थी प्रकरणमा बहालवाला सचिव देखि पूर्व गृहमन्त्री समेत पक्राउ गर्ने प्रहरीले यति ठूलो अवैध जुवाजन्य खेल फाट्का विराटनगरमा निर्वाध संचालन हुँदा पनि प्रहरीको मौनताप्रति आश्चर्य व्यक्त गर्न थालिएको छ । मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेललाई यस बारे जिज्ञासा राख्दा आफूलाई पनि होलसेल सूचना आएको बताउँदै धेरै मिहिनेत गरेर २/४ वटा कोभर्ड अप्रेशन चलाएको तर कुनै तथ्यपरक प्रमाण फेला नपरेको दावी गरे ।
यसबेला सम्पूर्ण व्यावसायिक क्षेत्र नै आर्थिक संकटमा फसिरहेका बेला भारतीय प्रिमियर लिगको खेलमा विराटनगरका हँसु चौरडिया (जैन) र उनका सहोदर भाई दिनेश चौरडिया (जैन) ले फाट्काको सौदा गर्ने गरेको दावी समेत समाचार स्रोतले गरेको छ । यी दुवै सट्टेबाजहरुले दिनभरी र रातभरी संचालन हुने क्रिकेट खेलका आधारमा स्थानीय युवा व्यापारीसँग हारजीत हुने खेलका आधारमा पैसा उठाउने कामलाई पछिल्लो समय झनै तीब्रता दिएसँगै विराटनगरमा मौलाएको फाट्का खेलको रहस्य खुल्न पुगेको हो । लामो समय देखि फाट्काको बुकी चलाउँदै आएका हंसु चौरडियाले आफु प्रहरी प्रशासनको कार्वाहीबाट बच्नका लागि मोवाइलको सञ्जाल नै बनाएर अनलाइन खेल खेलाउने र उनले बुकीको कामका लागि भाई दिनेश चौरडियालाई फाड्काको बुकी संचालन गराउँदै यो प्रिमियर लिगमा ४० करोड भन्दा माथिको कारोबार गरेको दावी पनि स्रोतले गरेको छ ।
मोरङ प्रहरी प्रमुख रहेका तत्कालीन प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले यिनै फट्का खेलका खेलाडी हँसु चौरडिया (जैन) लाई उनले खेलमा प्रयोग गर्ने उपकरणसहित पक्राउ गरेर राजश्व अनुसन्धानमार्फत मुद्दा चलाएपछि उनले लामो समय देखि संचालन गर्दै आएको उक्त खेललाई छोडेपनि पछिल्लो समय प्रहरी सेटिङ्ग मै पुुनः अवैध खेललाई निरन्तरता दिएको रहस्य पनि खुलेको छ । अहिले मोरङ प्रहरीको नेतृत्व गर्दै आएका प्रहरी प्रमुख दीपक पोखरेल र यसअघिका एसपी शान्तिराम कोइरालाले खुलेयाम उक्त जुवा जन्य खेल हुँदा समेत आफूलाई कुनै जानकारी नै नभएको जस्तो गरी अनदेखा गरेपछि जुवा जन्य खेल फाट्काले विराटनगरमा ठुलै सञ्जाल बनाएको दावी गर्न थालिएको छ ।
नेपालमा अवैध रहेको फाट्का खेलमा संलग्नको पहिचान गर्न समस्या हुने भन्दै प्रहरीले सरोकार नराखेपछि फाट्का खेलमा बृद्धि हुँदै गएको छ । तर मोरङका एसपी पोखरेल भने यो कुरा अस्वीकार गर्दै भन्छन, “पीडित वा जानकार कसैले पनि आफू वा मातहतलाई सूचना दिएको छैन, कारबाही गर्ने निकाय प्रहरीलाई सूचना नदिएर मिडियाबाजी गर्ने उद्देश्य कतै प्रायोजित त हैन ?”
तत्काल प्रमाण फेला पार्न नसकिने र फाट्का खेल्ने मध्येका अधिकांश खेलाडी व्यापारिक समुदायका युवाहरू नै रहेको थाहा भएर पनि प्रहरी बेखवर जस्तो भएर बसेको आरोप लागिरहँदा एसपी पोखरेलेले सट्टेबाजहरुसँग प्रहरीको कुनै सेटिङ नभएको बताए । यस सम्बन्धि कुनै तथ्य परक प्रमाण भए आफूलाई वा मोरङ प्रहरीलाई जोसुकैले जानकारी दिन उनले अनुरोध गरेका छन् । सूचनाको स्रोत सुरक्षित र गोप्य राखिने पनि उनले आश्वासन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीबाट १० हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
असोज १२, २०८१ शनिबार
नेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
काठमाडौंबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन
असोज १२, २०८१ शनिबार
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
असोज १२, २०८१ शनिबार