मेडिकल छात्रा आत्महत्या प्रकरणमा सीएमसीका २ शिक्षकविरुद्ध किटानीजाहेरी
कलेजले गर्यो सिंह र गुप्तालाई निलम्वन, अस्पतालको ओपीडी सूचारु
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १८:२९:५
२८ वैशाख, काठमाडौं । कलेजमा अध्ययनरत छात्रा सिम्रन थापाको ‘आत्महत्या’ प्रकरणमा चितवन मेडिकल कलेज (सीएमसी)ले २ जना शिक्षक निलम्बन गरेको छ ।
बुधबार भएको बिडीएस चौथो वर्षको पहिलो सेमेष्टरको परीक्षाका क्रममा हलबाट निकालिदिएपछि थापाले कोठामा गएर आत्महत्या गरेको भनिएको घटनामा सीएमसीको स्कुल अफ डेण्टलमाा कार्यरत डा. हरेन्द्र सिंह र डा.अभिषेक गुप्तालाई कलेजले बिहीबार निलम्बन गरेको हो ।
मृतकका परिवारले सिंह र गुप्ताविरुद्ध चितवन प्रहरीमा आजै मात्र आत्महत्या दुरूत्साहन कसुरमा किटानी जोहरी दिएका छन् । जाहेरी परेपछि निलम्बन गरिएको हो । शिक्षक सिंह र गुप्ताबारे विद्यार्थीबाट धेरै गुनासा आएपछि आजैबाट लागू हुने गरी निलम्बन गरिएको कलेज प्रशासनले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
घटनापछि दोषीलाई कारवाहीको माग र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै सहपाठीहरुले आन्दोलन गर्दै बुधबारदेखि नै अस्पतालको सम्पूर्ण ओपीडी सेवासमेत बन्द गरेकामा आजैदेखि डेण्टलबाहेकका ओपीडी सूचारु गरेका छन् ।
बीडीएस कोर्सका लागि कलेजले जनही २४ देखि २८ लाख रुपैयाँसम्म शुल्क लिने गरेको छ । अध्ययनका क्रममा थापाले कलेजलाई बुझाएको शुल्क परिवारलाई फिर्ता गर्नुपर्ने माग आन्दोलनकारीहरुले राखेका छन् ।
हलबाट निकालिएपछि टोलाउन थालेकी र करिब २ घण्टापछि कोठामा सलको पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । परीक्षा हलमा शिक्षकले गरेको अपमानजन्य व्यवहारकै कारण थापाले आत्महत्या गर्न पुगेको दाबी पीडित परिवारको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
बैशाख १०, २०८१ सोमबार
वडाध्यक्ष कारागार चलान
बैशाख ४, २०८१ मंगलबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई पक्राउ
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार