मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १०:५२:०
२९ वैशाख, काठमाडौं । काठमाडौं र दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौंको तार्केश्वर नगरपालिका–६ चिसापानिमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
चिसापानी बस्ने नुवाकोटको नौकुण्ठ गाउँपालिका–२ घर भएका ३३ वर्षीय पासाङ्ग लोप्चन तामाङको मृत्यु भएको हो । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका तामाङको ग्रिनसिटि अस्पताल सामाखुशीमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।
धर्मस्थलीबाट तिनपिप्लेतर्फ जाँदै गरेको रा १ ख २७३४ नम्बरको ट्रिपरले सोही दिशा तर्फ जाँदै गरेको बा ३४ प १००७ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो । टिप्पर चालकलाई प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ । शवलाई भने पोष्टमार्टमको लागि त्रि।वि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।
यता दाङको घोराही उपमहानगरपालिका १४ स्थित आर्मी ब्यारेक नजिक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रोल्पाको रुन्टिगढी गाउँपालिका–३ का २१ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा मृत्यु भएको हो । रा १ ख १२०१ नम्बरको बसले नेपाली सवार रा ३ प ४२ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार