‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भन्ने नारा बाेकेकाे राप्रपा भ्रष्ट्रचारीविरूद्ध जुर्मुरायाे
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार ११:४२:१३
२९ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध जुर्मुराएको छ । उसले भ्रष्टाचारीविरुद्ध देशभरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने कार्याक्रम तय गरेको छ ।
देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध शुक्रबार दिउँसो १ बजे ज्ञापनपत्र बुझाउन लागिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संयोजक तथा अधिवक्ता सुजित केसीले जानकारी दिए ।
अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले भने प्रधानमन्त्री प्रचण्डलाई नै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपा प्रवक्ता ज्ञानेन्द्रबहादुरी शाहीले जानकारी दिए ।
संगठित र संस्थागत भ्रष्टाचारविरुद्धको कार्यक्रममा सहभागी हुन सबैमा आह्वान गरेको राप्रपाले केही दिनअघि प्रतिनिधिसभा बैठकमा पनि भ्रष्टाचारविरुद्ध जोडदार आवाज उठाएको थियो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै करोडौं रुपैयाँ असुलेको धन्दाको विरोध र भ्रष्टाचारविरुद्ध राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत पार्टीका सांसदहरुले सशक्त आवाज उठाएका थिए । भ्रष्टाचारविरुद्ध बोल्न सभामुख देवराज घिमिरेले नदिएको भन्दै उनीहरुले बुधबारा सदनको रोष्ट्रम घेराउ गरेका थिए ।
राप्रपाले सदनदेखि सडकसम्म भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गर्ने नीति लिएको पार्टीका नेताहरुले बताएका छन् । राप्रपाले निर्वाचिन सांसदहरुलाई ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भनेर शपथ खुवाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार