नेता बस्नेतको निधनमा कांग्रेसले ३ दिन पार्टीको झन्डा झुकाउने
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १२:११:१०
२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन संविधानसभा सदस्यसमेत रहेका आफ्ना नेता पुरुषोत्तम बस्नेतको निधनको शोकमा ३ दिन पार्टीको झन्डा झुकाउने भएको छ ।
कांग्रेसको इतिहासका लेखकसमेत रहेका बस्नेतको निधनको शोकमा कांग्रेसले पार्टीका केन्द्रीय कार्यालयदेखि देशभरका जिल्ला कार्यालयहरुसम्म ३ दिन पार्टीको झन्डा झुकाउने निर्णय भएको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बस्नेतप्रति सम्मान प्रकट गर्न यही वैशाख २९, ३० र ३१ गते केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा पार्टीको झन्डा आधा झुकाइने जानकारी दिए ।
उनले वैशाख ३१ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र निधनको १३औँ दिनसम्म केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने कार्यक्रम निर्धारण गरिएको पनि बताए ।
जननायक बीपी कोइराला स्मृति ट्रस्टका अध्यक्ष राजेन्द्र पराजुलीका अनुसार शुक्रबार बिहान ४ बजे सिफल हाइटस्थित आफ्नै निवासमा बस्नेतको निधन भएको हो । उनी ट्रस्टका कोषाध्यक्ष थिए । उनी २०६२/०६६ सम्म कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य थिए। उनी सोलुखुम्बुका कांग्रेसका पूर्वसभापति पनि हुन् । उनले प्रजातन्त्रका लागि ९ वर्ष जेल जीवन पनि बिताएका थिए ।
बस्नेतको निधनप्रति सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै भनेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, लेखक, साहित्यकार पुरुषोत्तम बस्नेतको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति समक्ष नवनियुक्त पाँच राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
राष्ट्रपति समक्ष नवनियुक्त पाँच राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार