सर्वोच्चको आदेशमा पूर्वप्रधानमन्त्री इमरान खान रिहा, आज उच्चमा उपस्थित हुने
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १२:३४:५७
२९ वैशाख, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख इमरान खान सर्वोच्च अदालतको आदेशमा बिहीबार साँझ रिहा भएका छन् । उनलाई गत मंगलबार इस्लामावाद उच्च अदालत परिसरबाट बल प्रयोग गरी गिफ्तार गरिएको थियो ।
बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा तीन न्यायाधीशको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश जारी गरेको हो । रिहा भएपछि उनी आज अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने पाकिस्तानी सञ्चार माध्यम डनले जनाएको छ ।
प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको उक्त इजलासले खानको गिरफ्तारीलाई अमान्य र कानुनसम्मत नभएको ठहर गरेको थियो । आदेशमा शुक्रबार खान उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्नसमेत आदेश दिएको छ । बिहीबार अल कादिर ट्रस्ट प्रकरणमा नेसनल अकाउन्टिबिलिटी ब्युरोले गरेको गिरफ्तारीलाई अदालतले अमान्य भएको बताएको हो ।
‘पेसीको समयमा खान इस्लामाबाद पुलिसको सुरक्षामा रहनेछन् । पुलिस लाइन मुख्यालयमा आफूले भेट्न चाहेका आफन्त र कानुन व्यवसायीको नाम लिस्ट भने खानले दिनुपर्नेछ’ प्रधानन्याधीश बन्दियालको भनाइलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ । इस्लामाबाद प्रहरीले खानलाई पक्राउ गरेको थियो ।
उनी पक्राउ परेपछि पाकिस्तानका विभिन्न सहरहरूमा पीटीआईले प्रदर्शन चर्काएको थियो । सोक्रममा सुरक्षाकर्मीसँग झडपमा ८ जनाको ज्यान गएको थियो । अर्को कुनै मुद्दामा धरौटी बुझाउन अदालत पुगेका खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो । अल कादिर ट्रस्टको मामिलामा पक्राउ गरेको हो ।
खानले सन् २०१९ डिसेम्बर २६ मा स्थापना गरेको अल कादिर ट्रस्टमा प्रमुख रहँदा ट्रस्टको सम्पत्ति हिनामिनाको आरोप छ । उनकी पत्नी बसुरा बिबिमाथि हिनामिनाको आरोप लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार
धरानमा शनिबारदेखि तीन दिनसम्म योमरी महोत्सव हुँदै
मंसिर २७, २०८१ बिहिबार
जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सञ्चालनमा आयो कमलादीमा भासिएको सडक
मंसिर २७, २०८१ बिहिबार
सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने
मंसिर २७, २०८१ बिहिबार